२०८२ कार्तिक २

विपि को १११ औं जन्मजयन्तीमा सिन्धुपाल्चोक कांग्रेसले गरे वृद्धवृद्धालाई खाद्यन्न वितरण

२४ भाद्रा , सिन्धुपाल्चोक ।जननायक विपि कोइराला को १११ औं जन्मजयन्ती को अवसर पारी सिन्धुपाल्चोक कांग्रेस ले ११ जना वृद्धवृद्धालाई खाद्यन्न वितरण गरेरिएको छ ।

कांग्रेस चौतारासागाचोकगढी नगरपालिका को व्यवस्थापन मा आज चौतारामा रहेको वृद्धाश्रम मा सिन्धुपाल्चोक कांग्रेस का पुर्व सभापति श्याम बहादुर श्रेष्ठ र पुर्व जिल्ला सचिब एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङ सहित चौतारा सागाचोक गढी नगरपालिका का सभापति इन्द्रलोचन धिताल को टोलीले खाद्यान्न सामग्री सहित साबुन वितरण गरेको हो।

वितरण पछि विपिको योगदान लाई स्मरण गर्दै कांग्रेस नेता बिल बहादुर तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादका लागि वी पी ले अतुलनिय योगदान पुर्याएको बताए ।लोकतन्त्र को स्थापना राष्ट्रिय हित प्रवर्द्धन एवं जनताको अधिकार रक्षाका निमित्त वी पी ले कयौंपटक थुप्रै जोखिम हरु को वीच आफ्नो आस्था आदर्श र सिद्धान्त वाट विचलित नभई देश र जनताको हित र हकको रक्षाको को लागि लडेको समेत बताए।

कांग्रेस ले आज विभिन्न कार्यक्रम गरि विपि जन्म जयन्ती मनाउदै छ। यता नेविसंघ ले पनि जिल्लाका सबै क्याम्पस हरुमा विपि ले लेखेका पुस्तक हरु वितरण गरिरहेको नेविसंघ का केन्द्रिय सदस्य अनिल कुमार सापकोटा ले बताए।

प्रतिक्रिया दिनुहोस्