२०८१ माघ २४
                           

वक्तृत्वकला प्रतियोगितामा एलिजा तामाङ प्रथम

२४ भाद्र – आइताबार ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा डडुवा भवानीशंकर माविकी एलिजा तामाङ प्रथम भएकी छिन् ।
चौतारा सागाँचोकगढी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको ‘हरित विद्यालय, आजको आवश्यकता’ शीर्षकमा भएको प्रतियोगितामा जनविकास माविकी एन्जिला बराईली द्वितीय, जनजागृति माविकी अनिता सुनुवार तृतीय र सेतीदेवी माविकी रेनुका तामाङले सान्त्वना स्थान प्राप्त गरिन् । प्रतियोगितामा पुरस्कृत हुनेहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नगर शिक्षा अधिकृत वसन्तराज जोशीलेका अनुसार प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगितामा शिक्षक यज्ञप्रसाद दंगाल, नेपा पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ष्ठ, साहित्यकार एवम् पत्रकार सुन्दर शिरीष र किशोर बुढाथोकीले मूल्याङ्न गरेका थिए ।

सो अवसरमा शिक्षा शाखाले विभिन्न विधामा उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्