चौतारा बहुमुखी क्याम्पसको २४ औं स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाए। विद्यार्थीहरुले क्याम्पसले विद्यार्थी अभावको समस्या झेल्नुपरेको गुनासो सभामुख देवराज समक्ष राखे । उनीहरुले संघीय संसदका सभामुख देवराज घिमिरेलाई देशभित्र रहेका युवालाई नेपालमै रोक्नसक्ने गरी सम्भावनाको खोजी गरेर समृद्ध र सभ्य समाज निर्माणमा सहयोग पुग्ने नीति बनाउन ध्यानाकर्षण गराए ।
समारोहमा क्याम्पसलाई विविध क्षेत्रमा सहयोग गर्नुहुने क्याम्पस संचालक समितिका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ, बागमती प्रदेश सांसद तथा पुर्व मन्त्री युवराज दुलाललाई सम्मान गरिएको थियो । यस्तै समारोहमा क्याम्पसका सल्लाहकार रामचन्द्र श्रेष्ठ , चौतारा साँगाचोकगढी नगरपालिकाको उप प्रमुख सीता थापा , संचालक समिति सदस्य रामकृष्ण दंगाल लगाएत जग्गा दाता र शैक्षिक अभियान्ताहरुलाई सम्मान गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगकाद्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र प्राप्त यस क्याम्पसमा स्नातकोत्तर सम्मको पठन पाठन हुदै आईरहेको छ ।जसमध्ये स्नातक तहमा शिक्षा, व्यवस्थापन र बिज्ञान विषयमा र स्नातकोत्तर तहमामा शिक्षा विषयमा पठनपाठन हुँदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्