२०८२ असार ३
                           

स्थापना दिवसमा दृष्टिविहीन बालबालिकालाई सहयोग

३० श्रावण  । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले ३० औँ स्थापना दिवस मनाएको छ ।  स्थापना दिवसको अवसरमा संघले चौतारा –५ मा रहेको दृष्टिविहीन बालबालिकालाई आवश्यक शैक्षिक र खाद्य सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको  वनदेवी माध्यामिक विद्यालयका पुगेर छात्रावासमा बसेर अध्ययन गरिरहेका दृष्टिविहीन १० जना बालबालिकालाई संघले शैक्षिक र खाद्य सामग्री सहयोग गरेको महासचिव ईश्वर गुभाजूले जानकारी दिनुभयो । महासचिव गुभाजूका अनुसार संघले ४ थान डिजिटल भ्वाइस रेकर्डर, ३ सय पिस कार्ड र पेपर संगै ४७ हजार ६ सय १० रुपैया बराबरको खाद्यान्न सहयोग गरेको हो । जसमा ३ बोरा चामल सहित दाल, चिउरा, तेल, चाउचाउ, चिनी, बिस्कुट, चना, केराउ लगायतका सामाग्री छन् ।

संस्थाका महासचिव इश्वर गुभाजूले ब्यक्तिगत ३ के.जी खसीको मासु समेत सहयोग गर्नुभयो । संघका जिल्ला अध्यक्ष वुद्धराज बस्नेतले उक्त विद्यालयका प्रधानध्यापक दिपक राईलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । प्रधानाध्यापक राईले संघले गरेको सहयोगले बालबालिकाको पढाईमा थप सहयोग पुग्ने बताउनुभयो ।

2e68679e-ba77-4764-84fb-d7308f72b8ad1723640914.jpg

कार्यक्रममा उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष उजार सिंह तामाङ, जिल्ला सदस्य कुमार थापा, मानार्थ सदस्य भुपेन्द्र थापा लगायत कार्यसमिति सदस्य, सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

विद्यालयमा सहयोग गरेपश्चात संघको शाखा कार्यालय चौतारामा केक काटी दिवस मनाएको थियो । संघले ३० औं स्थापना दिवसको अवसरमा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई व्यवसायिक उन्नतीको शुभकामनासमेत प्रदान गरेको छ ।

गत वर्ष २९ औँ स्थापना दिवसको अवसरमा संघले बाह्रविसे नगरपालिका–८ मा रहेको  सिन्धु बहिरा आधारभूत विद्यालयका फरक क्षमता भएका ३० जना बालबालिकालाई  ट्रयाक सुट, टी सर्ट र खाजा सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्