२०८१ श्रावण १२
                           

हेलम्बुमा आपतकालिन सन्चालन केन्द्र स्थापना गरि गाउँपालिकालाई हस्तान्तरण

चैत्र ८, स्थानीय स्तरमा विपदको पुर्वतयारी र प्रतिकार्य गर्नको लागी स्थानीय सरकार तथा समुदायहरुको क्षमता अभिवृद्धी गर्नको लागी हेलम्बु गाउँपालिकामा स्थानीय आपतकालिन केन्द्र स्थापना गरी हस्तान्तरण गरिएको छ । उक्त केन्द्रमा प्राविधिक र खोज तथा उद्दार सामाग्रीको व्यवस्था गरिएको छ ।

आपतकालिन केन्द्रको उदेश्य  विपद जोखिमको पहिचान , पुर्वानुमान प्रशारण गर्ने, पुर्वानुमानको आधारमा पुर्व तयारी गर्ने ,स्रोत साधनहरुको परिचालन गर्ने रहेको छ । उक्त केन्द्र हेलम्बु गाउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिएको हो ।

स्थानीय आपतकालिन केन्द्रमा ४० प्रकारका खोज तथा उद्दारको सामग्रीहरु रहेको सामुदायिक विकास तथा वातावरण संरक्षणका विपद फोकल पर्सन इच्छाराम सापकोटाले जानकारी दिए ।

पुर्वसुचना र मौसम सम्बन्धी जानकारी दिने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । उक्त केन्द्रबाट विपद तथा पुर्वसुचना सम्बन्धी जानकारीहरु लिन सकिनेछ । सुचना र जानकारीका लागी सर्वसाधारणको लागी खुला गरिएको छ ।

सो आपतकालिन केन्द्र स्थापना समुदाय केन्द्रित बाढिमा आधारित पुर्वसूचना प्रणाली परियोजना अन्तर्गत गरिएको प्राक्टिकल एक्सनका परियोजना संयोजक मिनेश गुरुङले जानकारी दिए।

उक्त परियोजना यु. यस. एड को आर्थिक सहयोग र प्राक्टिकल एक्सन र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च  (CDECF – Nepal) को आयोजनामा सन्चालन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्