२०८२ कार्तिक २

लक्षित वर्गसम्म पुगेर काम गर्दैछु -कार्यवहाक मेयर सीता थापा, चौसाँगढी नगरपालिका

चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोककी कार्यवहाक मेयर, न्यायिक समिति र अनुगमन समितिको संयोजक सीता थापासँग गरिएको कुराकानी ।

तपाईको परिचय ?
नमस्कार म सीता थापा चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यवहाक मेयर र न्यायिक समिति र अनुगमन समितिको संयोजक  ।

नगरपालिकाको न्यायिक समितिले कसरी काम गरिरहेको छ ? प्रभावकारी कसरी बनाउने ?

खासमा यसमा चाँहि हामिले मेलमिलापकर्ता हरुलाई संगै लिएर जानुपर्ने किनभने समुदायमा धेरै कम्पोनेन्टहरु हुन्छन् । धेरै साझेदारी व्यक्तिहरु, निकायहरु हुन्छन् । त्यसलाई संगै लैजादा खेरी त्यसको प्रभावकारीता पनि हुने, केश इष्ट्रडीको सवालमा हामीलाई भन्दा बढी मेलमिलापकर्ता हरुलाई धेरै थाहा हुने भएका कारणले उहाँहरुलाई प्रोत्साहनको कार्यक्रमहरु पनि हामीले राखेका छौ । मेलमिलाप केन्द्रको स्थापना, व्यवस्थापनका लागि पनि केही कार्यक्रमहरु बनाएका छौ । यसले गर्दा न्यायिक कामलाई सघाउ पु¥याउनेछ भन्ने आशा छ ।

न्यायिक समितिमा परेका उजुरी कति फर्छ्योट भए ?

गत वर्ष न्यायिक समितिमा ३६ वटा विवादका विषयहरु हामीसंग दर्ता हुन आएका थिए । त्यस मध्येमा करिब १४ वटा मुद्धालाई चाँहि हामीले मिलापत्र, समझदारी गर्यौ भने एउटा मुद्धालाई हामीले फैसला गर्यौ । त्यो कुलो सम्बन्धी थियो । अर्को १२ वटा मुद्धा भाका नाघेका थिए । उहाँहरु समयमा उपस्थित हुन नसकेको थियो । यस बाहेक ९ वटा मुद्धा ८१/८२ मा आएको छ ।

तपाई अनुगमनको संयोजक पनि हुनुहुन्छ यसलाई प्रभावकारी बनाउन के गर्नुभयो ?

अनुगमनको सन्दर्भमा भन्दा हाम्रो अनुभवले पनि र आम मान्छेको बुझाई पनि कस्तो छ भने अनुगमन भनेको भौतिक पूर्वाधार निमार्ण जस्तो बाटो ढलान, पिच गर्ने,ग्याबिन वाल लगाउने , मेसिनरी वाल लगाउने अथवा बाटो खन्ने लगायत सिंचाई पोखरी वा कुलो निमार्ण गर्ने भन्ने बुझाई छ । हामीले गर्दै आइरहेको प्राक्टिस पनि त्यही हो । म आफु अनुगमनको संयोजक भइरहँदा  मलाई लाग्ने कुरा चाँहि हामीले हार्डवेयरको कुरामा धेरै अनुगमन गर्दा रहेछौ । तर सफ्टवेयरका कामहरु जहाँ तालिम गोष्ठीका कुरादेखि त्यसको प्रभावकारीता, रिसर्च बेसका कुराहरु कति प्रभावकारी भए ? कस्तो खालको रणनीति बनाएर कुन काम प्रभावकारी हुन सक्छ भन्ने कुराको फाइन आउट गर्न नसकिने जस्तो के त्यसले गर्दा त्यो पाटोलाई अलि ध्यान दिनुपर्ने मैले महशुस गरेको छु ।
अनि शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रमहरुको प्रभावकारीताको विषयमा पनि हामी संग मापन गर्ने जस्तो पूर्वाधारमा कति ढलान गर्नका लागि अथवा कति पिच गर्नका लागि कति पैसा लाग्छ भनेर फ्याट्ट क्यालकुलेटर थिचेर हामी निकाल्न सक्छौ । तर कुन वडामा के कामको लागि कति आवश्यकता छ भन्ने त हाम्रो कम अभ्यासको विषय छ । त्यो चाँहि धेरै आवश्यकता छ जस्तो लाग्छ मलाई ।

अनुगमन निष्पक्ष भएन भन्ने सवाल पनि उठ्छ नि कसरी सम्बोधन गर्नु हुन्छ ?

हामीसंग चाँहि नगरपालिकाकै अफिसमा बसेर काम गर्नुहुने प्राविधिक साथिहरु र वडामा पनि प्राविधिक सरहरू हुनुहुन्छ । अनि कसैको  काम गर्ने तवर तरिका, कसैको चाँही आम पब्लिक संग वा उपभोक्ता संग, टोल विकास समितिसँग गर्ने ब्यवहार रेस्पोन्स त्यसमा विविधता  हुन्छ । स्वभावका हिसाबले पनि म्याजिरोटीको हिसाबले पनि त्यसले गर्दा मान्छेहरुलाई त्यस्तो अनुभुति हुनसक्छ । तर मैले संयोजन गरी सबै काम गरिरहदा म फिल्डमा जाँदा त्यस्तो गरेको पाएको छैन । यद्यपी आम सर्वसाधारणबाट त्यो कुरा आयो भने त्यसको सुनुवाई पनि गर्नुपर्छ ।  कुन विषयमा हो पत्ता लगाउनु पर्छ । त्यसबारे अनुसन्धान गर्नेछु ।

उपमेयर निर्वाचित भएदेखि यो दुई वर्षको अवधिमा आफुले गरेका काममा सन्तुष्ट हुनुहुन्छ ? लक्षित वर्गका लागि के गर्नु भो ?
म जे हो त्यही भन्छु । म आफै चाँहि आफ्नो कामप्रति त्यति धेरै सन्तुष्ट हुन सकेको जस्तो लाग्दैन । आफुले गरेको कामलाई बढावा दिएर बढाई चढाइ गरेर पनि भन्न सकिन्छ तर ब्यवहारमा हेर्दाखेरि हामीले गर्नुपर्ने कामहरु जानुपर्ने ठाउँहरु धेरै नै छन् । जस्तै उदाहरणका लागि हाम्रो नगरपालिकाको वडा नं १,२,३ अलि विकट अलिकति शिक्षाको दरको हिसाबमा चेतनाको हिसाबले तुलनाात्मक हिसाबमा पछाडि जस्तो लाग्छ ।  कुनै लक्षित वर्गको सचेतना मुलक कार्यक्रमहरु  लिएर गयौ भने नौलो मान्नु हुन्छ के त्यहाँ त । अस्ति भरखर म वडा नं २ मा गएको थिए । सम्पत्तिमा विभेद विरुद्धको साझा अभियान भनेर छोरी मान्छेहरुलाई पनि कम्तिमा उनिहरुको सम्पत्तिको अधिकार, आमाको नामबाट नागरिकता प्राप्त गर्ने विषय अथवा छोरीलाई पनि अंश दिन मिल्छ अथवा पाइन्छ संविधानले ब्यवस्था गरिसक्यो भन्ने विषय लिएर जादा त्यहाँको दिदीबहिनीहरुको प्रतिक्रिया विल्कुलै फरक पाए ।

ह्या..छोरी मान्छेलाई कहाँ भोली छोराले दुख पाइहाल्छ नि । छोरी त अर्काको घर गएपछि त्यहि लिनु पर्यो नि ।  अहिलेसम्म पनि त्यो क्या चेतना स्तर । मैले उहाँहरुसँग प्रतिवाद गरिन गर्ने कुरा पनि भएन तर मैले आफैले के महशुस गरे भने त्यहाँ निर त्यस्तो कामहरु धेरै गर्न बाँकी रैछ भन्ने भो । हाम्रोमा त यस्तो कार्यक्रमहरु आउँदै आउँदैन भन्छन् । किनभने हामी जे कार्यक्रम पनि चौतारामा अथवा नगरपालिकामा गर्छौ । किनभने सबैलाई सेन्टर भो अनि यही बोलायो कार्यक्रम गरियो । तर जानुपर्ने मोडालिटी चाँही कस्तो रैछ भने कार्यक्रमको प्रकृति हेरेर नि हुन्छ। बजेट भन्दा पनी प्रकृति हेरेर सोच हेरेर हुन्छ ।

नगरपालिकामा कार्यक्रम राख्यौ भने एक दुई दिनमा १ लाख , २ लाख सकिन्छ । त्यही कार्यक्रम वडामा लिएर गयौं भने २५ देखि ५० हजारले इनफ पुग्छ । त्यहाँ सयौं महिलाहरु भेला गरेर उहाँहरुको कुरा सुनेर आफ्नो कुरा सुनाएर कार्यक्रमहरु गर्न सक्छौ । सचेतनाको कुराहरु गर्दा त्यहाँ सिप मुलक आर्य आर्जनका कुराहरु के नै हुन्छ र । कम्तिमा एउटा प्रशिक्षक लिएर गयौं भने एक दुई जना पत्रकार लिएर गयौं भने उहाँहरुको समस्या कुरा सञ्चार माध्यममा पनि प्रकाशन प्रसारण गर्दा धेरै प्रभावकारी हुन्छ । गाउँका महिलाहरुलाई पनि राहत मिल्छ ।  हामीले कार्यक्रम पनि त्यही मोडालिटीमा गरेका छौ ।

लक्षित वर्गको जिविकोपार्जन सुधारका लागि नगरपालिकाले कस्तो भुमिका खेलेको छ ?

खासगरी जीविकोपार्जनमा उनिहरुको दैनिक जीवनस्तर उकास्ने कुराहरु सिप आयआर्जनमा धेरै ठूलो लगानी गरेको जस्तो लाग्छ हामीलाई । किनभने गतवर्ष मात्र लगभग ५२ लाख भन्दा बढी रकम गलैँचाको शिर्षकमा खर्च गर्यौ । अब त्यसको आउटपुट के भयो त भन्ने कुरामा रिसर्चका लागि हामीले यसपाली कार्यक्रम राखेका छौ । हाम्रो कार्यपालिकाको सदस्य ज्यूहरु अथवा कुनै विज्ञ टोलीलाई नै लगाएर गर्नुपर्छ कि जस्तो लागेको छ । ५२ लाख भनेको सानो रकम हैन । कहि चाँहि बहुत प्रभावकारी भएको छ । उहाँहरुको जीवनस्तर नै फेरबदल भएको छ । कम्तिमा गलैंचा दुई तान झारयो भने २० देखि २२ हजार कमाउँछ । तेती हुदा नुन, तेल खाना गाह्रो भएन नि ।  कतिपय ठाउँमा चाँहि सिके पछि छोड्ने पाइएको छ । यसपाली फलोअपको कार्यक्रम राखेका छौ ।

सिप मुलक तालिम दिएको तर उत्पादन भएका सामग्रीको बजार ब्यवस्थापन देखिदैन नि ?

यो चाँहि खासगरी लक्षित वर्गसँग मात्र हैन कि जे पनि उत्पादन हुन्छ त्यो चाँहि बजारीकरणको समस्या छ । पहिलो कुरा भनेको ब्यक्ति स्वयम हो । दोस्रो कुरा परिवार समाज र सरकार । तरकारी ब्यापार गर्ने किसान कम मात्र छ । लार्ज स्केलमा उत्पादन हुने सिजनको अलगै कुरा हो । नत्र गोलभेडा बिक्री भएन भन्ने सुनिँदैन नि किनभने त्यसले एउटा ट्रेन समाति सक्यो । तर लक्षित वर्गको उत्पादनहरु चाँहि त्यो ट्रेनमा गा छैन । किनभने प्राक्टिस पनि पछि गर्यौ । स्थानिय सरकार आएपछि ।

उपमेयरको भुमिकामा रहेर हालसम्म मुख्य काम केके गर्नुभयो ? फरक पन के छ तपाईंमा ?

सरकारको नियमित प्रक्रिया हो । हिजो अर्कै हुनुहुन्थ्यो यो ठाउँमा आज म छु । फरक के छ भन्दा उत्तर दिन तेती सजिलो छैन । किन भन्दा राम्रो गर्न खोज्ने हो । मान्छेले अनुभुति गर्ने गरी काम गर्न खोज्ने हो र उसले पक्षपात गरेको छैन है साच्चै राम्रो गर्न खोजिरहेको छ भन्ने कुराको उहाँहरुलाई अनुभुति गराउने विषय एकातिर हो भने अर्कोतिर नतिजा निकाल्ने कुरा हो । नतिजा कसरी देखिन्छ भने बतासेको उदाहरण पनि दिए मैले । छोरी मान्छेलाई अंश पाइन्छ नि, नागरिकता आमाको नामबाट पनि बनाउन मिल्छ नि थाहा छ तपाईलाई ? संविधानमा ब्यवस्था छ नि भन्दा त्यो कुरा नौलो भयो नि उहाँहरुलाई । त्यही होला नि त नयाँपन भनेको ।
अहिले पनि मैले त्यही खालको सोच बनाइ रहेको छु । टोलटोलमा एकदमै ग्रासउड लेभलमा उहाँहरुलाई ठूलो राहात दिन सकिएन छु भने पनि कम्तिमा उहाँहरुको कुरा सुन्ने, उहाँहरुको कुरा बुझ्ने । के कुन उपायले सम्बोधन गर्न सकिएला भनेर पहिचान गर्ने हाम्रो कुरा हो ।
सिन्धुपाल्चोक विभिन्न विपत्तिले गुज्रिएको ठाउँ हो । कहिले बाढी पहिरो, भुकम्प, कोभिड लगायतका विभिन्न कारणहरुले महिला तथा पुरुष चिन्तित हुनुहुन्छ । त्यसलाई सम्बोधन गर्न मनोसामाजिक परामर्श सेवा विस्तार गर्ने र मानसिक रोगका लागि औषधि सहज रुपमा उपलब्ध गराउछौं । यस्तै यस्तै काम गरे जस्तो लाग्छ ।  हामी आएपछि ईर्खूको झाँक्रीको स्तुपा सम्पन्न गर्यौ । बुद्ध पार्क सम्पन्न गर्दैछौ । हरलङबर्लाङ मन्दिरलाई स्तर उन्नती गरेका छौ ।

तपाईको आगामी योजनाहरु ?

पर्यटनको क्षेत्रमा सुकुटे आफै पर्यटन हब भइसक्यो त्यसलाई अझ माथी ल्याउने भन्दै गर्दा ओखरेनीमा होम स्टे सञ्चालन गर्ने प्राथमिकताको विषय हो । यसलाई राम्रो बनाउन वडा र पालिकाको लगानी हुदैछ ।  यसैगरी ओखरेनीको चिया बगान छ । अरु नीति तथा कार्यक्रममा भएका कामहरु नै गर्ने हो । विषेश गरी शिक्षाको क्षेत्रमा बालग्राम सञ्चालन गर्ने देखि विद्यालयका आधारभूत आवश्यकतालाई पुरा गर्ने, निशुल्क शिक्षा दिने कुरामा हामीले ठूलो लगानी गरेका छौ । साढे ६ करोड भन्दा बढी बजेट विनियोजन गरेका छौ । भने स्वास्थ्य, कृषि, भेटनरी लगायतका अन्य विषयहरु, अनुगमनलाई पनि संगसंगै लैजाने छौ ।

प्रतिक्रिया दिनुहोस्