अशोक पराजुली -काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ रानाथोक भान्डाँडाबाट एउटा सिङ्गै गाउँका युवा नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेको राम्रो पकड मानिने तत्कालिन साँगाचाेक गाविसको रानाथोक भान्डाँडा बस्तिका ३२ र अन्य तिन गरी ३५ जना नेकपा माओवादी केन्द्रमा आज प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा रानाथोक निवासी एमालेका सक्रिय युवा साजन आलेको नेतृत्वमा युवाहरू माओवादी केन्द्र प्रवेश गरेका हुन् । युवाहरू सुशन राना,निकेश रखाल मगर,सन्तोष राना,अनिष राना,दुर्गाप्रसाद श्रेष्ठ,अनिष श्रेष्ठ,बेल बहादुर राना,शिव आले मगर,अशोक आले मगर,प्रदीप राना मगर,रेशम राना,सन्तोष राना,कमल राना,राजन थापा,राजेश रखाल मगर,गणेश रखाल,नवीन राना,जीवन राना,तिर्थ बहादुर राना,सुनिल राना,सुजन राना मगर,सागर राना मगर,अनिल राना मगर,प्रदीप श्रेष्ठ,सुवास राना,अनन्त श्रेष्ठ,अनन्त राना,रेशम राना,हरी राना लगायतका एमालेका स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ बाट नेकपा (एमाले) मा विगत २८ बर्ष देखि सक्रिय राजनीति गर्दै आएका चौतारा साँगाचोकगढी नगर कमिटी सदस्य जयराम पराजुली,नेपाली काङ्ग्रेसका चौतारा साँगाचोकगढी नगर समिति सदस्य गणेश पराजुली,नेपाली काङ्ग्रेसका सक्रिय सदस्य मनोज माझी पनि माओवादीमा प्रवेश गरेका छन् ।
सिंगो गाउँका सम्पुर्ण युवा नै पार्टी प्रवेश गराउनका लागि केही दिनअघि देखि माओवादी केन्द्रका स्थानीय नेता दधिराम पराजुली,दिपेन्द्रप्रसाद नेपाल,उमेश खड्का लगाएतका नेताहरु लागिपरेका थिए ।
नवप्रवेशीहरुलाई नेकपा माओवादीका युवा नेता एवँ बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल लगायत माओवादीका नेताहरुले पार्टीमा प्रवेश गराएका हुन् ।
माओवादी केन्द्र चौतारा साँगाचोकगढी नगरपालिका १२ नम्बर वडा संगठन समितिका अध्यक्ष अकल लामाको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं युवा नेता बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल,प्रदेश सम्पर्क समन्वय समिति सदस्य एविन्द्र पराजुली,जिल्ला कमिटी सदस्य दधिराम पराजुली,चौतारा साँगाचोकगढी नगरपालिका १२ नम्बर वडाका अध्यक्ष दिपेन्द्रप्रसाद नेपाल,वाइसीएल केन्द्रिय सदस्य उमेश खड्का लगायत उपस्थित थिए ।
कार्यक्रमको संचालन चौतारा साँगाचोकगढी नगरपालिका १२ नम्बर वडा कमिटीका सचीव बिनोद श्रेष्ठले संचालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्