२०८१ मंसिर २३
                           

भोटसिपा साना किसान कृषि सहकारीको ५ औँ वार्षिक साधारण सभा सम्पन्न

सिन्धुपाल्चोक ,२८ असोज
सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका १० वडहरे स्थीत भोटसिपा साना किसान कृषि सहकारी सस्था लिमिटेडको ५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिवार सहकारीका अध्यक्ष कमल प्रसाद दुलालको अध्यक्षता , बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदको पमुख आतिथ्ता र ईन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल , जिल्ला सहकारी अध्यक्ष मीत्रलाल चौलागाईको विषेश आतिथ्तामा उक्त साधरण सभा सम्पन्न भएको हो ।

सो सहकारीको साधरणसभा कार्यक्रममा बोल्दै मन्त्री दुलालले अर्थतन्त्रको विकास र गतीको लागी सहकारी महत्वपुर्ण एउटा पाङ्ग्रा तथा टाएर रहेको बताउँनुभएको छ । सहकारी सञ्चालनका लागि आपसी विश्वास र सामूहिक कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँनुभयो । सहकारी प्रतिको विश्वास बढाउन नियमन गर्ने दायरालाई बढाउँदै नियमित रुपमा कारोवार भएका र गरेका सहकारीहरुलाई प्रोत्साहन गर्नु पर्ने बताउनुभयो ।समाजवाद निमार्णको लागी सहकारी सफल हुनुपर्छ र सहकारीहरु आफ्नो सिद्धान्त अनुसार चले भने समाजवादको नजिक पुग्न सक्ने बताउँनुभयो । सहकारीप्रति विश्वास राखेर गम्बिरताका साथ काम गर्न आह्वान गर्नुभयो ।

यस्तै सोहि साधारण सभा कार्यक्रमलाई सम्बोधन गदै केहि सहकारीहरुमा विकृति देखिएकाले समयमै यसको रोकथाम र सहकारी प्रतिको विश्वास बढाउनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । सहकारीले देशको आर्थिक उन्नतिमा टेवा पु¥याएको उहाँको भनाई थियो ।
यस्तै सहकारीका अध्यक्ष कमल प्रसाद दुलालले सहकारीले शेयर सदस्यहरुको हितका लागि निरन्तर कार्य गरिरहेको बताउँनुभएको छ । कार्यक्रमको उद्घाटन मन्त्री द्लालले नै गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्