चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ ।बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो ।
२८ जेष्ठ, सिन्धुपाल्चोक । पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम नै प्रतिकूल हुन थालेपछि जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले विदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ चौतारास्थित श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म विदा दिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ ।बार्षिक क्यालेन्डर अनुसार बिदा मिलान हुने गरि विद्यालय बन्द गर्ने निर्णय भएको सहायक प्रधानाध्यापक हर्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्