२०८१ श्रावण १२
                           

सन्दीपले आईसीसी टी –२० विश्वकप खेल्ने

क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् ।नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो ।

वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् । अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समाबेश गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्