२०८१ श्रावण १२
                           

किसिम भिरमा टिपर दुर्घटना हुदा ३ जना घाइते

जेठ ३, सिन्धुपाल्चोक । गएराति ११ बजेर ५५ मिनेटमा टिपर दुर्घटना हुदा टिपर ड्राइभर सहित ३ जना घाइते भएका छन् । बलेफी गाउँपालिका वडा न ४ कोठे बिन्जेल धुस्कोट सडकखण्ड स्थित किसिम भिरमा दुर्घटना भएको हो ।

सो दुर्घटनामा टिपर ड्राइभर गम्भीर घाइते भएको स्थानिय रमेश तामाङले बताए । उनको अनुसार घाइतेहरुको बलेफी गाउँपालिकाको यम्बुलेन्सद्धारा उद्दार गरि सदाबहार अस्पतालमा उपचार हुँदैछ । टिपर सडक देखि अन्दाजी १ सय ८० मिटर तल खसेर सल्लाको रुखमा अड्किएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्