२०८१ श्रावण १२
                           

भानु प्रतिष्ठानको अध्यक्षमा लम्साल र महासचिवमा शुभेच्छु निर्विरोध निर्वाचित

२७ जेठ । भानु प्रतिष्ठान नेपाली साहित्यमा स्थापित संस्थाको अध्यक्षमा डा. नवराज लम्साल र महासचिवमा डा. रमेश शुभेच्छु निर्विरोध निर्वाचित भएका छन् । भानु प्रतिष्ठान २०३२ सालदेखि काठमाडौँमा क्रियाशील संस्था हो । नेपालका राष्ट्रिय भिभुती आदिकवि भानुभक्त आचार्यका नाममा क्रियाशील यो संस्थाले राजधानीमा राष्ट्रको कार्यकारी प्रमुखको उपस्थितिमा विशिष्ट स्रष्टासम्मान सहित साप्ताहिक कार्यक्रम कार्यम गर्दे आएको छ । देश विदेशका संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम गर्दे आएको छ ।

यस संस्थाको साधारण सभा शनिबार राजधानीको बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । सभालाई सम्भोधन गर्दै संस्थाका सचिव डा. रमेश शुभेच्छुले भौतिक रुपले सम्पन्न नभए पनि भानु प्रतिष्ठान गुणात्मक मूल्यको संस्था भएको बताउनुभयो । प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले संस्थाको इतिहास, भानु चलचित्र निर्माणको प्रसंग र नेपाली साहित्य परम्परामा भानुको योगदान विषयमा प्रकाश पार्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई अर्पण गर्नुभयो ।
। संस्थका अध्यक्ष डा व्रतराज आचार्यले ा आफूले बाह्र वर्षसम्म नेतृत्व गर्दाका अनुभव सुनाउँदै नयाँ कार्यसमितिले नयाँ जोस जाँगरका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पस प्राङ्गणमा रहेको भानु प्रतिमामा प्रमुख अििथबाट माल्यार्पण गरी सुभारम्भ भएको सो सभाले भानु प्रतिष्ठानको अध्यक्षमा डा.नवराज लम्साललाई चयन गरेको छ । डा.लम्सालको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

प्रतिष्ठानको उपाध्यक्षमा ऋषभदेव घिमिरे, महासचिवमा डा.रमेश शुभेच्छुाु, सचिवमा त्रिभुवनचन्द्र वाग्ले र पुरु लम्साल अनि कोषाध्यक्षमा ओम रिजाल निर्वाचित हुनुभएको हो ।प्रतिष्ठानको सदस्यमा डी.पी. अर्याल, उषा भट्ट, हरिवोल ढकाल, प्रज्ज्वल कोइराला ,सीता ओझा र नवराज जैसी चयन हुनुभएको छ । निर्वाचित कार्य समितिको कार्यकाल दुई वर्षको हुने छ ।

नवराज लम्सालले नवनिर्वाचित पदाधिकारीका तर्फबाट सबैलाई अन्यवाद ज्ञापन गर्नुभयो । निर्वाचन लगत्तै बसेको कार्यसमिति वैठकले पाँच सदसीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा प्रा.डा वासुदेव त्रिपाठी, डा. तुलसी भट्टराई, डा. केदार भट्टराई ,डा. रामप्रसाद ज्ञवाली र प्रभा भट्टराई रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्