२०८१ श्रावण १२
                           

कदमबासमा जनप्रतिनिधिका कारण बजेट फ्रिज भएको भन्दै विरोध

२५ जेठ , सिन्धुपाल्चोक । चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ९ को वडा कार्यलय कदमबासमा माओवादी केन्द्र वडा पार्टी समितिले विहिबार ज्ञापनपत्र बुझाएका छन् ।यस वडाका जनप्रतिनिधिको स्वेच्छाचारिता र अक्षमताका विरुद्ध विरोध कार्यक्रम गरेको माओवादी केन्द्र वडा पार्टी समितिले जनाएको छ ।

उनीहरुले वडामा उठेको राजश्व पार्दशी गर ,उपभोक्ता समिति गठन गर्दा पक्षपात गर्न पाइदैन, लुकुवा लिफ्ट योजनाको ७० लाख खै? लगायतका नारा तथा प्रश्न लेखेका प्लेकार्ड सहित वडा परिसरमानै पुगेर विरोध गरेका हुन् ।

यस वडाभित्र उपभोक्ता समिति गठन लगायतका गतिविधिमा स्वेच्छाचारिता बढेकाले योजनाका लागि परेका बजेट फ्रिज भएको र केहि योजना फ्रिज हुने अवस्थामा रहेकोले ती वडाका योजनामा आएका बजेट फ्रिज हुन नदिन ध्यानाकर्षण गराउन चाहान्छौ विज्ञप्तीमा भनिएको छ ।

आगामी आर्थिक वर्षको बजेट विनियोजनमा समेत वडाभित्रका विभिन्न समुदाय, संघसंस्था, पार्टीहरुसँग छलफल तथा समन्वयमा योजना छनौट गरी बजेट विनियोजन गर्न ध्यानाकर्षण गराएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्