२०८१ श्रावण १२
                           

यसवर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य छः पर्यटन मन्त्री तामाङ 

जेठ २० । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले यस वर्ष देशमा १६ लाख विदेशी पर्यटक भित्राउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । गोरखापत्र परिसरमा जारी फोटो प्रदर्शनीको आज अवलोकन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन । कोभिड–१९ का कारण पर्यटक आगमन घटेको भन्दै उहाँले सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्राउने लक्ष्यसाथ काम भइरहेको बताए ।

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बी र काठमाडौंमा आउने हिन्दु धर्माबलम्बी पर्यटकको संख्या धेरै रहेको भन्दै उहाँले नेपालको प्राकृतिक सम्पदा, हिमाल आरोहणमा आउने पर्यटक अझ बढाउन सकिने बताउए । पर्यटन क्षेत्रको विकासले मुलुकको समृद्धिको आधार समेत तयार हुने पर्यटन मन्त्री तामाङको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्