जेठ ५, सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाइसीएल नेपाल सिन्धुपाल्चोकले चाैतारामा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । ” उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजबादको बाटोमा अघि बढौ, संगठन सुदृढ गर्दै नीति निर्माणमा युवा सहभागीता सुनिस्चित गरौ” भन्ने मुल नारा दिएर वाइसीएलले चाैतारामा कार्यक्रम गरेकाे हाे ।
वाइसीएलले गरेकाे कार्यक्रममा नेकपा(माओवादी केन्द्र) केन्द्र पार्टी केन्द्रीय सदस्य एवं वाईसीएल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले देशमा गलत कुराकाे अफवा फैलाउनेहरु हावी भइरहेकाेले त्यसलाई राेकेर राष्ट्रप्रेमकाे भाव पैदा गराउन अग्रसर हुनमा सवैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनले माओबादी जनयुद्ध र शान्तिप्रकृयापछि पार्टीको नेतृत्वमा भएकाे सामाजिक परिवर्तन र बिकास निर्माणकाे कामले तिब्र गति लिएको बताए ।
खागगरि पछिल्लो समय नीति ,विधि र पद्धतिभन्दा बाहिर समाजकाे गतिविधि चल्दै आएकोले उक्त गतिविधि नियन्त्रणकाे वाइसीएलले गर्नुपर्ने बर्तमान कार्यभार रहेकाे महसुस गरि प्रशिक्षण कार्यक्रम गरिएको वाइसीएलले जनाएको छ । वाइसीएल सिन्धुपाल्चोकले गरेकाे प्रशिक्षण कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद माधब सापकोटा सुबोध , पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल (शरद) र पार्टी वाग्मती प्रदेश समिति अध्यक्ष एवं प्रदेश सांसद सरल सहयात्री पाैडेलले युवाहरुलाई प्रशिक्षित गरेका छन् ।
प्रशिक्षण कार्यक्रममा जिल्लाभरबाट युवाहरु सहभागी भएका थिए । प्रशिक्षणकाे क्रममा नेता माधब सापकोटा सुवाेधले वाईसीएल नेताहरुमा वर्तमान परिबेशकाे आवश्यकतालाई पकड्दै नेतृत्व गर्ने क्षमताकाे बिकास गर्नुपर्नेमा जाेड दिएका थिए । उनले बिश्वका धेरै मूलुककाे सामाजिक तथा आर्थिक व्यवस्थाकाे निति र नेपालकाे नितिकाे बारेमा भएकाेअन्तरहरु बताउदै युवाहरुकाे ध्यानाकर्षण गराएका थिए । सांसद् सापकोटाले परिवर्तित व्यवस्था संगै आफुलाई रुपान्तरण गरि सामाजिकिकरण हनु नै आजकाे आवश्यकता भएकाे बताए ।
प्रबिधिकाे बिकास संगै हरेक गतिविधिकाे डाटा सुरक्षित गरि राख्न र सहि ठाउँमा प्रयाेग गर्न युवाहरुलाई निर्देशन गरे । त्यस्तै वाग्मती प्रदेश सरकाका भाैतिक पूर्वाधार बिकास मन्त्री दुलाले बिचारद्वारा निर्देसित अनुशासन नै अहिलेकाे आवश्यकता भएकाे बताए । दुललाले बिना बिचार र लक्षयबिहिन हुलहरुले अहिले सामाजिक प्रणाली र व्यवस्था माथी धावा बाेल्ने गरेकाेले कसैलाई संघियताकाे बिरुद्ध अभिव्यक्ती दिन छुट नभएको बताए ।
वाईसियलले आगामी दिनमा बिकास निर्माणमा जाेडिएर नकारात्मक कुराहरुकाे भण्डाफाेर गर्ने र सकारात्मक कुराहरु समाजमा फैलाउन अग्रसर हुनुपर्नेमा जाेड दिए । प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका नेता सरल सहयात्री पाैडेलले मपाइत्वले देशमा घर गरेकाे र त्यसकाे असर सामाजिक रुपमा समेत पर्दै गएकाेले त्यसप्रति सचेत रहँदै साझा मनाेबिज्ञान बनाउने भूमिका युवाहरुकै काँधमा आइलागेकाे बताए ।
उनले “एक्लै हिड्न यात्री छिटाे हिड्छ र बिचबाटाेमै अलपत्र पर्छ , समूहमा हिड्नेहरु गन्तव्यसम्म पुग्छ ” त्यसैले सामुहिक भावनाकाे बिकास गरि देशलाई सामाजिक न्यायसहित समृद्ध बनाउने वर्तमान कार्भार रहेकाे तर्क गरे । चर्चाकाे शिखरमा रहेकाे उक्त संगठनले समाजकाे बिभिन्न गतिविधिमा सहभागी जनाउँदै आइरहेको थियाे । वाइसीएल केही समय भने आन्तरिक संगठनकाे काममा व्यस्त रहेकाे थियाे । युवाहरुले समाजकाे गतिविधिमा आफुलाई सहभागीता गराउन थप कार्यक्रमहरु निर्माणकाे लागि जिल्लाभरकाे वाइसीएल केही समययता एक ठाउँमा भेला भएका हुन् । जिल्ला संयाेजक सुमित काफ्लेले जिल्लाकाे कामलाई चुस्त बनाउन ईन्चार्ज, संयाेजक र सचिबकाे कार्यालय टिम बनाएकाे र पालिकास्तरमा आगामि दिनमा गरिने कामकाे समेत जिम्मेवारी बाँडफाँड गरिएकाे बताए ।
प्रतिक्रिया दिनुहोस्