२०८१ श्रावण १२
                           

जुगल टिभीले २१ वर्ष पुरानो कार्यक्रम युटुबमा सार्वजनिक गर्ने

जेठ ३, सिन्धुपाल्चोक । द्दन्द्द कालमा असाध्यै रुचाईएको  जुगल सामुदायिक टेलिभिजनले  कार्यक्रम पुन प्रशारण गर्ने भएको छ ।  तत्कालीन समयमा  सिन्धुपाल्चोकभर लोकप्रिय मानिएको जुगल टेलिभिजन त्यतिबेला  सफल र विश्वासनीय मानिन्थ्यो ।  छोटो समयमा दर्शकले रुचाईको टेलिभिजन  रहेको थियो ।

कार्यक्रम मार्फत विभिन्न शिर्षकमा जनतालाई खबर मनोरंजन दिइएको  थियो  । जुगल टेलिभिजमा  सिन्धुपाल्चोक भरिका समाचार , सामुदायिक घटना क्रम र द्दन्द्द कालिन मुद्दा लगाएत विभिन्न विषय समेटिएको पाइनथ्यो।

सो टेलिभिजनमा साप्ताहिक प्रशारण हुने कार्यक्रममा साताको हालखबर, साताको मनोरंजन, साताको भेटघाट लगाएत शिर्षकमा  कार्यक्रम हुने गरेको थियो

वि. सं २०६३ साल पछि  बन्द भएको जुगल सामुदायिक टेलिभिजनले ती पुरानो फुटेजलाई सम्झना स्वरुप पून प्रशारण गर्ने तयारीमा  लागेको  जुगल सामुदायिक टेलिभिजनका प्रबन्ध सम्पादक हेमन्त किशोर शर्माले बताए ।

तत्कालीन समयमा  देशको  स्थिती  र त्यसताकाको जनजीवनलाई नयाँ  पुस्तालााई  देखाउन लागीएको हो । सो समयका विभिन्न व्यक्तिहरुलाई सम्झना गर्दै  युटुव मार्फत  फुटेज जस्ताको तस्तै प्रसारण गरिने बताए । तत्कालीन समयमा  अन्तरवार्ता दिने धेरै व्यक्तिको मृत्यु भैसकेको बताउदै उनिहरुका सन्ततिले  आफ्नो बुबा हजुरबुबाको अनुभव हेर्न र सुन्न अवसर मिलोस भनेर कार्यक्रमलाई युटुब मार्फत सार्वजनिक गर्ने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्