२०८१ श्रावण १२
                           

काँग्रेसले गरिरहेको संसद अवरोधको प्रतिरोध गर्ने : एमाले अध्यक्ष ओली

जेठ १, काठमा्ण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरिरहेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा उहाँले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति हुन नहुने भन्दै अब संसदमा गृहमन्त्री रवि लामिछानेले बोल्ने र लामिछानेले बोल्न नपाए एमालेले बोल्ने बताए ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई जथाभावी आरोप लाइरहेको र यो अब सह्य नहुने भन्दै अध्यक्ष ओलीले बिहिबार देखिको बैठकमा बोल्ने तयारीका साथ जान उनले एमालेका सांसदलाई निर्देशन दिए । अब संसदमा कांग्रेसलाई बोल्न नदिने भन्दै कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्