२०८१ श्रावण १२
                           

भोटेकोसीमा ५० जनाले लिए बारिस्ता तालिम

बैशाख ३१ , सिन्धुपाल्चोक । भोटेकोसी गाउपालिकाले पालिका भित्रका ५० जनालाई युवा लक्षित सीपमूलक तालिम दिएको छ । गाउपालिकाले आफ्नो पालिका भित्र रहेका बेरोजगार युवा युवतीलाई कफि बनाउने बारिस्ता तालीम दिएको हो। पालिकाले निति तथा कार्यक्रममा बेरोजगारहरुलाई सीप सिकाउने उदेश्यले सीपमूलक तालीम दिने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ। वैदेशिक रोजगार जादा समेत सीप नहुदा समस्या पर्ने युवाहरुको लागि बारिस्ता कफि बनाउने तालीमले सहज पुग्ने छ।

पछिल्लो समय युवाहरू बेरोजगार हुँदै गएको र उनीहरुसग सामान्य सीप समेत नहुदा बेरोजगार बढ्दै जाने अबस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले कफि बनाउने इन्टर मिडियड बारिस्ता कफि ट्रेनिङ गरेको भोटेकोसी गाउपालिकाले जनाएको छ।

पालिकाले पछिल्लो समय महिलाहरुको लागि ब्युटिसियन, ड्राइभिङ, ढाका बुन्ने, जस्ता सीपमूलक सीप सिकाएर स्थानीय स्तरमा नै आत्मनिर्भर बनाउन लागि परेको भोटेकोसी गाउपालिकाका उपाध्यक्ष दिच्छेन शेर्पाले बताइन् । उपाध्यक्ष शेर्पा भन्छिन, हामीले गाउँघरमा रहेका बेरोजगार युवायुवती तथा काम गर्न सक्ने उमेर समुहका बा आमाहरु र एकल महिलालाई समेत आत्मनिर्भर हुने खालको सीपमूलक तालीम दिइदै आएको शेर्पाको भनाइ छ।
अहिले भोटेकोसीमा सीपमूलक तालीम लिन आउने महिलाहरुको सङ्ख्या वृद्धि हुन थालेको छ। गाउँघरमा बसेर सिकेको सीपमूलक प्रयोग गरेर कतिपय स्थानीयले व्यावसायिक सुरु गरेका छन।

बारिस्ता तालीम लिएका युवा भन्छन, हामीलाई सामान्य ज्ञान् समेत थिएन यो २५ दिने तालीमबाट हामीले धेरै कुराको ज्ञान् लिने मौका पायौं त्यसैले अब पालिकाले सिकाएको सीपलाई कतै प्रयोग गर्ने उनीहरुको भनाइ। पालिकाले युवा लक्षित सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ।

प्रतिक्रिया दिनुहोस्