२०८१ श्रावण १२
                           

रेडक्रस द्धारा हिरासतमा रहेका ब्यक्तिहरुलाई कम्मल वितरण

बैशाख २६, सिन्धुपाल्चोक । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र चौतारा उपशाखाले बैशाख २६ गते जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ब्यक्तिहरुलाई कम्मल बितरण गरेको छ ।
रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको जन्मदिन मनाउने र उहाँको सम्झनामा मनाउदै आएको बिश्व रेडक्रस दिवस मे ८ का दिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री कमलचरण कक्षपती र नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखा सभापती नातिबावु धितालले सयुक्त रुपमा कम्मल बितरण गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा रहेका ७ जना ब्यक्तिहरुको लागि १० थान कम्मल जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत इन्स्पेक्टर संजिव कुमार यादवलाई हस्तान्तरण गरिएको हो ।

कम्मल सहयोग हस्तान्तरण कार्यक्रममा जस्तोसुकै परिस्थितिमा पनि मानवीय सेवा गदै आएको नेपाल रेडक्रस सोसाइटीले सधैभरी मानवताको पक्षमा सकेको सहयोग गर्दै आउने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्याालय प्रमुख भरत कोइरालाको समेत उपस्थिती रहेको थियो ।

नातिबावु धिताल

प्रतिक्रिया दिनुहोस्