२०८१ श्रावण १२
                           

नेपाल रेडक्रस सोसाइटी उप शाखा जल्केनीमा नयाँ कार्यसमिति चयन

बैशाख २२, चौतारा – नेपाल रेडक्रस सोसाइटी उप शाखा जल्केनीमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको उप शाखाको ३१ औं बार्षिक सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

उप शाखाको सभापतिमा बेल बहादुर महत,उपसभापतिमा तारादेवी राना,सचिवमा अशोक पराजुली,कोषाध्यक्षमा पुर्णबहादुर तामाङ,उप कोषाध्यक्षमा सुनिता रखाल मगर,उप सचिवमा लाल बहादुर श्रेष्ठ र सदस्यहरुमा निर्मला तिमल्सिना,रामकुमार खतिवडा,लिला बहादुर गिरी,हरिचन्द्र भारती र कृष्ण बहादुर कार्की चयन भएका छ्न ।

वाषिर्कसभा तथा अधिबेशनमा उप शाखा जल्केनीले गरेका कामहरु,आगामी योजना,चुनौती तथा समस्याहरुको बारेमा र आम्दानी तथा खर्च विवरण प्रस्तुत गरिएको थियो उप शाखा जल्केनीले आफ्नै कार्यालय भवन समेत निर्माण गरेको छ ।

चौतारा साँगाचाेकगढी नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं १३ नम्बर वडाका अध्यक्ष रामप्रसाद गौतमको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका कार्यालय प्रमुख एवं निर्वाचन अधिकृत भरत प्रसाद कोइरालाको बिशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सभासदहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्