बैशाख १६, सिन्धुपाल्चोक । बैकिङ कसूर मुद्दामा जुगल गाउँपालिका ७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् ।
वडाध्यक्ष रविलाई आइतबार विहान ढाडेबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
वडाध्यक्ष रवि उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ३ दिन र ९ लाख ९० हजार जरिवाना सजायँ भई फरार रहेका थिए ।
पक्राउ परेका उनलाई आजै सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा पेश गरिएको डिएसपी भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्