२०८१ श्रावण १२
                           

साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन

बैशाख ४ । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को मंगलवार निधन भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारण उनी बिरामी परेका थिए ।

शृंगारिक गजलमार्फत चर्चित शिवको उपचारका लागि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको थियो ।

पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्