२०८१ बैशाख १८

भोताङका महिलाहरुलाई क्षमता विकास तालिम

चैत्र २५, सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर ३ भोताङको यार्सामा ७ दिने क्षमता विकास तालिम भएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत तालिम दिइएको हो । यो तालिमका लागि सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्थाले सहजीकरणमा ्भुमिका खेलेको थियो ।
सचेतना सुरु तथा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण तालिमको उद्यम बिकास शाखा प्रमुख दिप्रेन्द पौडेलले सहजिकरण गरेका थिए ।

आइताबार समापन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले भोताङ पाँचपोखरीको नमुना अर्गानिक उत्पाद्न क्षेत्र भएको बताए । उनले किसान र किसानले उत्पादनगरेको अर्गानिक बस्तुहरुको लागि अझै आवश्यक सहयोग गर्न र पहल गर्न तयार रहेको बताए ।

भोताङको महिलाहरुको सीप विकास गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्न आवस्यक रहेको वडाध्यक्ष तामाङले बताए ।
उनले पिछडिएका ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित उद्यमशीलतामा जोड दिने र लघु, घरेलु, साना र मझौला उद्योगहरुको प्रवद्र्धन गर्ने बताएका छन् ।

स्थानीय स्रोतसाधन र सीपको आधारमा स्थानीय माग अनुरुपको वस्तुहरु उत्पादन गर्न आवश्यक प्रविधि व्यवस्थापन र बजारीकरण गर्न रहेको आंैल्याए ।

यसैगरी कार्यक्रममा अर्गानिक उत्पादनलाई निरन्तरता दिने खालका कार्यक्रमहरु गाउँपालिकाले ल्याउनपर्ने गाउँपालिका कर्मचारी युराज भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्