२०८१ बैशाख १९

इन्द्रावतीकी रोशनीको सार्वधिक मत

चैत्र २२, सिन्धुपाल्चोक । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनको निर्वाचन प्रक्रियामा रोशनी छ्युमी तामाङ सार्वधिक मत पाएर सदस्य पदमा विजयी भएकी छिन । उनले सबैभन्दा बढी ४ सय ६४ मत प्राप्त गरेकी थिइन् ।

जिल्लाको इन्द्रावती गाउँपालिका ९ बाट प्रतिनिधि तामाङले जिल्ला कमिटी सदस्य पदमा विजयी हाशिल गरेकी हुन । २० वर्षीया रोशनी सम्भवत नेकपा एमालेको ७७ वटै जिल्लामा कान्छी जिल्ला कमिटी सदस्य हुन् ।उनी एमाले अनेरास्ववियुको केन्द्रीय सदस्य समेत हुन् ।

नेकपा एमालेको १० जिल्ला अधिवेशन गत चैत्र २० गते चौतारामा सम्पन्न भएको हो ।

जिल्ला कमिटी अध्यक्ष पदमा जुगलका होमनारायण श्रेष्ठले कडा प्रतिस्पर्धा बिच १४ मतको अन्तर सहित जीत हासिल गरेका थिए ।अन्य पदाधिकारीमा उपाध्यक्ष अर्जुन कुमार भण्डारी सचिबमा कृष्ण गोपाल तामाङ उपसचिवद्वय सुशिला पाख्रीन र शिबहरी सापकोटा निर्वाचित भएका थिए ।सो अधिबेशनमा ७१३ प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्