२०८१ श्रावण १२
                           

एच.आइ.भी. संङ्गक्रमितको उपचार तथा परामर्शका लागि समन्वय कार्यक्रम आयोजना

चैत्र ८, चौतारा । जीवन विरुद्ध दुव्र्यसन /सामुदायिक हेर्चाह केन्द्रले समन्वय कार्यक्रम आयोजना गरेको छ । । केन्द्रले सिन्धुपाल्चोकमा एच.आइ.भी. तथा एड्स विरुद्ध विभिन्न्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

बुधबार आयोजित कार्यक्रममा जिल्लाका सरोकारवाला पक्षसंग केन्द्रमा आएका समस्याका बारे जानकारी गराइएको थियो । एच.आइ .भी एड्स संङ्गक्रमित भएका ब्यक्ति समाजमा खुलेर हिन्न नसकेको र सङ्गक्रमित व्यक्ति पहिचान गरी उपचार तथा परामर्श सेवा दिन नसकेका केन्द्रका अध्यक्ष रविन तामाङले बताए।

जीवन विरुद्ध दुव्र्यसन /सामुदायिक हेर्चाह केन्द्रले जिल्लाका विभिन्न स्थानका  एच.आइ .भी एड्स संङ्गक्रमित भएका ब्यक्तिहरुलाई उपचार तथा परामर्श सेवा दिइरहेको छ । केन्द्रमा उपचारत एड्स संङ्गक्रमितले जीवन विमा गर्न चाहे पनि केहिको नगरिकता प्रमाणपत्र नभएको समस्या रहेको छ ।

कार्यक्रममा चौतारा साँगाचोक गढी नगरपालिका वडा ५ का वडाध्यक्ष शिव श्रेष्ठले आगमी दिनहरुमा एच.आइ .भी एड्स संङ्गक्रमित उपचारत ब्यक्तिहरुको हितमा साथ र सहयोग गर्ने बताए ।

जीवन विरुद्ध दुव्र्यसन सामुदायिक हेर्चाह केन्द्रले ब्यक्तिगत र गैरसरकारी संस्थाको सहयोगमा  ८४ जना एच.आइ .भी. एड्स संङ्गक्रमितहरुका लागि  उपचार तथा परामर्श सेवा दिइरहेको छ । यो क्षेत्रमा काम गर्नका लागि स्थानिय सरकारले पनि निति तथा कार्यक्रम राख्नुपर्ने भन्दै केन्द्रले सरोकारवालाको ध्यानकार्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्