२०८१ श्रावण १२
                           

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि ३ जना प्रतिस्पर्धि

चैत्र ७ , चौतारा । व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचन चैत ९ र १० मा हुन लागेका छ । संघको ११ औ अधिवेशन तथा २८ औ साधारणसभा हुनेभएको हो । अध्यक्ष पदका लागि ३ उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् । उनिहरु अहिले आफनो पक्षमा मत बढी ल्याउन कसरत गरिरहेका छन् । अध्यक्षमा शम्भुबहादुर तिमल्सिना, बुद्धराज बस्नेत र सुमन खत्रीले मनोनयन दर्ता गरेका हुन् ।

उद्योग वाणिज्य संघको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, सचिव र १५ सदस्य पदका लागि आउदो १० गते निर्वाचन हुदैछ ।

४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भइसकेको छ । प्रथम उपाध्यक्ष भेष वहादुर बस्नेत, तृतीय उपाध्यक्ष विचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका हुन्् । यसैगरी महिला सदस्यमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्