२०८१ श्रावण १२
                           

अहिलेको गठबन्धन एमालेले देश बनाउँछ भनेर विकास भत्काउन बनेको हो:अध्यक्ष ओली

सम्झना कार्की /सिन्धुपाल्चोक ,१७ माघ-  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन एमालेले देश बनाउँछ भनेर विकास भत्काउनको लागी  गठबन्धन बनेको बताउँनुभएको छ । बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै उहाँले यस्तो बताउँनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो,“अहिलेको गठबन्धन एमालेले देश बनाउँछ भनेर विकास भत्काउन बनेको गठबन्धन हो। देश एमालेको सरकार हुँदा उकालो लागेको थियो। आफु प्रधानमन्त्री  हुँदा देशमा पैसा छैन भन्ने अवस्था कहिलै आएको थिएन। गठबन्धनको सरकारले देश भताभुङग बनाईसक्यो। गठबन्धनको सरकार देश बनाउनतिर भन्दा पनि  भ्रष्टाचार बढाउन तिर लागेको छ।  योे सरकारको पालामा विकास निमार्णको काम खोई कहाँ के भयो ? अहिलेको सरकार गम्भिर बन्नु पर्छ नत्र देश बन्दैन। कि देश बनाउँन एमालेनै आउँनुपर्छ । ”

ओलीले अहिलेको सरकारले गरेन भने यो सरकार अजम्बरी होईन भन्दै मेलम्ची हुँदै –पाँचपोखरी भोताङ पुग्ने बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले पाँचपोखरीका अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो ।यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो ।उहाँले उत्पादनलाई बढाउन पालिका बासिलाई आग्रह गर्नुभयो ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले आफु सधै जनताको सेवामा दिनरात नभनि खटेर काम गरिरहेको बताउँनुभएको छ । मेलम्ची ,भोताङ मोटर बाटो कालोपत्रे गरिदिनको लागि अध्यक्ष ओली समक्ष माग राख्नुभएको थियो । पालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवन धुमधामकासाथ कार्यक्रम गरी अध्यक्ष केपी शर्मा ओलीद्धारा शिलापत्र अनावरण सहित उद्घाटन गरियो । अध्यक्ष  ओलीले पाँचपोखरी महादेवको दर्शन समेत गर्नुभएको छ ।

424595198_2243876912670608_9147645482799932934_n1706702137.jpg

भवन उद्घाटन कार्यक्रमबाट जग्गादाता र पालिकाको कार्यसम्पादनमा उत्कृष्ट कर्माचारीलाई सम्मान गरिएको थियो । गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचान सहितको प्रशासकीय भवन बनाउन जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकबाट २ कराेड ३७ लाख ६० हजार ३ सय ७, संघीय समपुरक अनुदान ३ कराेड ८४ लाख र पाँचपाेखरी थाङपाल गाउँपालिकाबाट ४ कराेड ८७ लाख ८२ हजार ८ सय ५४ रूपैया ६४ पैसा गरि जम्मा ११ कराेड ९४ लाख ३ हजार १ सय ६१ रूपैंया ६४ पैसा छुट्टयाइएको थियो । २०७५ सालबाट निर्माण थालिएकाे वडा नम्बर ६ मा पर्ने उक्त भवनहरू हल, प्रशासनिक भवन, क्याटरिङ, पुस्ताकालय र संग्रालय गरि ५ वटा भवनमा ३५ वटा काेठाहरू रहेका छन् । 424650735_2243880319336934_6892548822411437430_n1706702159.jpgviber_image_2024-01-31_17-36-12-6691706701936.jpg

viber_image_2024-01-31_17-36-13-6151706701938.jpg

viber_image_2024-01-31_17-36-13-9481706701941.jpg

viber_image_2024-01-31_17-36-14-2581706701945.jpg

प्रतिक्रिया दिनुहोस्