२०८१ श्रावण १२
                           

हेलम्बुमा क्रुईजर जिप दुर्घटना , दुई भुटानी नागरिकको मृत्यु, पाँच घाईते

चौतारा , १७ माघ
सम्झना कार्की – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १  मा बिहान ११ बजेको समयमा क्रुईजर जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । घटनामा थप पाँच घाईते भएका छन् । घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक सञ्जिव कुमार यादबले जानकारी दिनुभएको छ । घाईते नेपाली ड्राईभर सिन्धुपाल्चोक हेलम्बु गा.पा.२ बस्ने अ.४२ बर्षका रामचन्द्र भण्डारी रहेका छन् ।

दोरिम स्थित किउलबाट खारपाङ जाने भित्री सडक खण्डमा किउलबाट मेलारुम्बा गुम्बातर्फ जाँदै गरेको बा २ च ४४५० नं. को ल्याण्ड क्रुईजर जिप सडकबाट अं. ५० मिटर तल खसी दुर्घटना भएको प्रहरी निरीक्षक यादबले बताउँनुभयो ।२ जना (१ जना महिला र १ जना पुरुष) को घटनास्थलमा नै मृत्यू भएको हो। चालक सहित ५ जना (१ जना महिला र ४ जना पुरुष) घाईतेको स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । गाडि घट्नास्थलमै रहेको छ ।

ई.प्र.का. बाट प्र.नि. मनोज कुमार श्रेष्ठको कमाण्डमा ६ जनाको टोली खटिएको छ ।दिउसो १ बजे २ जना घाईतेलाई फिस्टेल एयरको हे.क. द्वारा KMC  को लागि लिएर उडेको, बाँकी ३ जनालाई लिन पुनः आउने प्रहरीको भनाई छ ।

घाईते भएका ब्यक्तीहरुको नामावली निम्न ;–
१) चालक जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा.२ बस्ने बर्ष अ.४२ को रामचन्द्र भण्डारीको टाउकोमा चोट अबस्था मध्यम
२) देश भुटान बस्ने बर्ष ७४ को हाईज मुखमा चोट अबस्था गम्भीर बोल्न नसक्ने ।
३) भुटान देश बस्ने बर्ष अ. ४२ को फुपा छिरीङ टाउकोमा चोट अबस्था मध्यम ,
४) देश भुटान बस्ने बर्ष अ. ६५ कि गुची कम्बरमा चोट अबस्था मध्यम
५) देश भुटान बस्ने बर्ष ५६ को फुँङ टाउकोमा र बाया हातमा चोट अबस्था मध्यम
मृत्यु भएका ब्यक्तीहरुको नामावली निम्न ;–
१) देश भुटान बस्ने बर्ष ३३ को अब्गे
२) देश भुटान बस्ने बर्ष ७१ कि वाङमो

प्रतिक्रिया दिनुहोस्