२०८१ श्रावण १२
                           

७ए साइड फुटबल प्रतियोगितामा १४ विद्यालयले प्रतिस्पर्धा गर्ने

दोस्रो चौतारा स्पोर्टिङ्ग क्लव नगरस्तरीय मावि ७ए साइड फुटबल प्रतियोगितामा १४ विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेल तालिका बुधबार सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको बिजेता विद्यालयले उपाधिसहित नगद पुरस्कार ३० हजार रुपैयाँ जित्ने छ । उपबिजेताले २० हजार रुपैयाँ नगद पुरस्कार रहेकाे छ ।

चौतारा स्पोर्टिङ्ग क्लवको आयोजनामा बिहीबारदेखि सदरमुकाम चौताराको मिनिरंगशालामा प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिता तीन दिन शनिबारसम्म सञ्चालन हुने अायाेजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्