२०८१ श्रावण १२
                           

आगामी बर्ष बागमती प्रदेसका सबै बिद्यालयमा नर्सको सुबिधा हुन्छ: मन्त्री दुलाल

चौतारा । आगामी बर्ष बागमती प्रदेसका सबै बिद्यालयमा नर्सको सुबिधा पाउँने बागमती प्रदेश भौतिक तथा पुर्वाधार बिकास मन्त्री युवराज दुलालले बताएका छन ।

चौतारा साँगाचोकगढी नगरपालिका १४ मा रहेको डडुवा भवानी शंकर माध्यमिक बिद्यालयको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै मन्त्री दुलालले छात्रबास र बस सुबिधा मध्ये एकको व्यवस्था गर्न आवश्यक रहेको बताए । बिद्यालयलाई बस दिँदा स्थायी रुपले सञ्चालन गर्ने स्थानीय सरकारको प्रतिबद्धता आवस्यक रहेको उनले बताए ।

मन्त्री दुलालले अब यसै बर्षदेखी बागमती प्रदेसभरका सबै माध्यमिक बिद्यालयहरुमा नर्सको व्यवस्था हुने बताउँदै शिक्षण सिकाइमा प्रयोगात्मक शिक्षा बढी प्रभावकारी हुने धारणा राखे । मन्त्री दुलालले अब प्रदेस सरकार र संघ सरकारले ठुला योजनामा मात्र लगानी गर्ने बताउँदै सानातिना बजेट लागी स्थानीय सरकारले ब्यबस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्