२०८१ जेष्ठ ८

अहिले संसद संसद जस्तो छैन-पुर्व सभामुख सापकोटा

अशोक पराजुली/साँगाचोक
प्रतिनिधिसभाका पुर्व सभामुख एवं नेकपा ( माओवादी केन्द्र ) का पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले संसद संसद जस्तो नभएको बताउनु भएको छ ।

जन जागृति माध्यमिक विद्यालय साँगाचाेकको ७३औ बार्षिकोत्सव समारोह अभिभावक भेला एवम् पुर्व विद्यार्थी पुनर्मिलन समारोहलाई सम्बोधन गर्दै सापकोटाले-“अहिले संसदमा जस्ले जे बोल्दा पनि हुने,जे गर्दा पनि हुने जस्तो लज्जास्पद स्थिति छ । संसदको कुनै गरिमा छैन । विश्वमा हेर्ने हो भने संसद देशकै एउटा उच्च थलोमा यस्तो लज्जास्पद स्थिति कहिँकतै नभएको बताउनुभयो ।”

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले-यो अहिलेको स्थिति विचार शुन्य भएकोले आएको हो । दर्शन,विचार,निति सिद्धान्त केहि पनि नभएपछि अराजकता बढ्छ । जे गर्दा पनि हुन्छ भन्ने जस्तो स्थिति छ । यसलाई विचारले नै समाप्त पार्नुपर्छ ।

माओवादी पार्टी भित्र अध्ययनशिल,बौद्धिक र बैचारिक स्पष्ट बक्ताको रुपमा चिनिनुहुने सापकोटाले-” विद्यालय तथा बिश्वविद्यालयहरुले नैतिक शिक्षालाई महत्त्वपूर्ण स्थान दिनुपर्ने बताउनुभयो । उहाँले नैतिक रुपमा मान्छे जिम्मेवारी भएन,नैतिक आचरण पतन भयो भने त्यस्तो मान्छेले यो समाजको उन्नति र प्रगतिमा कुनै योगदान गर्न सक्दैन ।

शिक्षकले नै असल र नैतिक आचरण देखाउन र विद्यार्थीलाई सिकाउन सक्यो भने मात्रै विद्यार्थी पनि असल र नैतिकवान बन्न सक्छन् भन्दै नेपालका धेरै प्रतिभावान विद्यार्थी अन्तर्राष्ट्रिय संस्था नासामा समेत गएर उत्कृष्टता हाँसिल गरेका तर त्यो क्षमता भएका विद्यार्थीहरुलाई नेपालमै राखेर देश हितमा लगाउन नसकिएको बताउनुभयो ।

बिज्ञानबारे थप प्रष्ट पार्दै सापकोटाले- बिज्ञान अहिलेको युगको आवश्यकता भएकोले बिज्ञानलाई हामीले सम्मान गर्नुपर्छ । किनकि बिज्ञानले नयाँ कुराको आबिस्कार गर्छ । बिज्ञानको विकासका निम्ति पनि अबका नयाँ पुस्तालाई बिचार दिन सक्नुपर्छ यदि विचार दिन सकिएन भने बिचार शुन्य हुन्छ र बिचार मर्छ । त्यसैले बिचार मर्न दिनुहुँदैन । बिचार मर्यो भने अराजकता हुन्छ । अराजकताले देश र जनताको हित गर्दैन । यो कुरा सबैले मनन गर्न जरुरी छ । ”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकल लामाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एवं माओवादी केन्द्रको केन्द्रिय सदस्य गंगा पराजुली,चौतारा साँगाचोकगढी नगरपालिका नगर उप प्रमुख सीता थापा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपेन्द्रप्रसाद नेपाल,वडा नम्बर १४ का अध्यक्ष उद्दव नेपाल,जुगल बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं माओवादी केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष गोबिन्द पराजुली,नगर कार्यपालिका सदस्य सीता पौडेल,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दधिराम पराजुली, नारायण गिरी, अभिभावक संघका अध्यक्ष बाजुराम पराजुली,राजनीतिक दलका पार्टी प्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो भने उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुनिल गिरीले गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य ब्यबस्थापन समितिका सदस्य चक्रबहादुर तामाङले गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक धुर्वराज गिरीले विद्यालयको बार्षिक तथा आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा विभिन्न खेलकुद,साँस्कृतिक लगाएत विधामा बिजेता तथा बार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रमको बिच बिचमा विद्यार्थीहरुको गित तथा नृत्यबाट मनोरञ्जन प्रदान गरिएको थियो ।

वि.स. २००७ सालमा तत्कालिन समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमीहरुको सत्प्रयासबाट जन जागृतिको नामाकरणबाट विद्यालय स्थापना गरि विधिवत् पठनपाठन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्