चौतारा ,२६ पुस
चौतारा साँगाचोकगढी नगरपालिकाको १५ औं नगरसभा सम्पन्न भएको छ । मंलबार नगरसभा नगरकार्यपालिका बाट निर्णय भएको बिभिन्न संसोधन बिधेयक पारित गर्दै सम्पन्न भएको हो ।आर्थिक वर्ष २०८०÷०८१ को साउन १ देखि पुस २५ गते सम्मको उपलब्धीहरु शिक्षा ,स्वास्थ्य ,कृषि ,भौतिक पुर्वाधार, सिंचाई, खेलकुद, पर्यटन, खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरीक ,उद्यम विकास, र पशुक्षेत्रमा भएको प्रगतिबारे उपप्रमुख सीता थापाले सुनाउँनुभएको थियो ।
नगरसभामा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले विषेशत शिक्षा क्षेत्रमा जोड दिएको र सङगै स्वास्थ्य र कृषि क्षेत्रमा पनि परिणाम देखिने गरी काम गदै आएको बताउँनुभएको छ । नगरपालिकाको सर्वाङ्गिण विकासमा सबैको महत्वपुर्ण भुमिका रहने भन्दै सबैले हातमा हात मिलाएर साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्