२०८१ श्रावण १२
                           

शान्ती विना दीगो विकास असम्भव – मेयर सापकोटा

सिन्धुपाल्चोक ,२० मङ्सिर – चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले समाजमा शान्ति भयो भने मात्र दिगो विकास हुने बताउनु भएको छ ।

चौतारा सागाचोकगढी नगरपालिका न्यायिक समितिद्वारा आयोजित ८ दिने मेलमिलापकर्ता तालिमको समापन गर्दै प्रमुख अथिति मेयर सापकोटाले सर्वसाधारणलाई न्यायको पहुँचमा छिटो र छरितो पुर्याउनका लागि न्यायिक समिति र स्थानीय मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । मेयर सापकोटाले आफूले सिकेका सीप र दक्षतालाई अभ्यासमा लैजान र व्यक्तिगत विकाससंगै सामाजिक क्षेत्रमा देखिएका समस्याको हल गर्न पनि मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा चौतारा सागाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी, वडा नम्बर १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ र न्यायिक समितिका सदस्य रामशरण अधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियो।

प्रशिक दीपकराज भट्ट, प्रशिक्षार्थी हरिकुमार श्रेष्ठ र सरला थापाले सिकाई का उपलब्धिहरु बारे प्रष्ट पार्नुभएको थियो ।
चौतारा सागाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई मेयर सापकोटाले प्रमाणपत्र प्रदन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्