२०८१ श्रावण १२
                           

“२० औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस” चौतारामा भव्य रुपमा मनाईयो

सिन्धुपाल्चोक,१९ मंसिर
“२० औ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस” चौतारामा पनि भव्यरुपमा मनाईएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भव्य रूपमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गदै नगर प्रमुख सापकोटाले स्वयमसेविकाको भुमिकाको चर्चा गर्दै स्थानिय सरकारले केही सम्बोधन गरीरहेकोे उल्लेख गर्नुभयो ।सोही कार्यक्रममा बोल्दै उप प्रमुख थापाले सुरक्षित मातृत्व र स्वस्थ्य बच्चाको अभियान सफल रहनुमा स्वयंसेविकाहरुको मेहनत र लगाबले काम गरेको भन्दै प्रशंसा गरी शुभकामना व्यक्त गर्नु भयो। त्यस्तै कार्यक्रम शाखा प्रमुख शिव पुरीले स्वास्थ्य स्वयमसेविकाले आफ्नो कामको बारेमा अनुभव सुनाउदै अझै काम लाग्ने कुरा बताउँनु भएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरेको कार्यक्रममा नगर उप प्रमुख सीता थापा, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर के सि, शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, सामजिक विकास समितीका संयोजक राम प्रसाद गौतम, स्वास्थ्य शाखाका कर्मचारी र नगरपालिका भित्रका महिला स्वास्थ स्वयमसेविका हरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्