२०८२ असार १७
                           

युवराज दुलाल एउटा ब्राण्ड हाे : एमाले नेता डबले लामा

 

सन्तोष सिग्देल /  नवलपुर – नेकपा एमालेका नेता तथा एमाले इन्द्रावती गाउँपालिका इन्चार्ज डवले लामाले नेकपा माओवादि केन्द्रका नेता तथा बागमती प्रदेशका भाैतीक पुर्वाधार विकास मन्त्री युवराज दुलालकाे सार्वजनिक कार्यक्रममै तारिफ गर्नुभएकाे छ ।

दुलाल एक बिकास प्रेमी नेता भएकाे बताउँदै एमाले नेता लामाले युवराज दुलाललाई एउटा ब्राण्डकाे संज्ञा दिनुभयाे । “उहाँ सिन्धुपाल्चाेककाे बिकास प्रेमी नेता हाे । सिन्धुपाल्चाेकमा माओवादि नेता दुलाल बिजय भएपश्चात बिकासकाे मुल फुटेकाे छ”, लामाले तारिफ गर्नुभयाे ।

श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै नेता लामाले समयमा सबैले ब्याज तिर्नुपर्ने बताउनुभयाे । सहकारीलाई मजवुद बनाउन सबैजना लाग्नुपर्ने उहाँकाे भनाई छ ।

नाैली महादेवमा भएकाे चाेरीकाे घटना पश्चात उचित छानविन नभएकाे उहाँले बताउनुभयाे । सहकारीमा चाेरी गर्ने ब्यक्ति अन्त कतैकाे नभई नवलपुरकै हुनसक्ने उहाँकाे आँकलन छ ।

सहकारीहरूलाई चाेरीकाे घटना बाट बचाउन १५,२० लाख बिनियाेजन गर्न गाउँपालिका अध्यक्ष झंकनाथ नेपाललाई लामाले कार्यक्रमबाटै अनुराेध गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्