२०८१ श्रावण १२
                           

गेगाङ कुण्ड मेला भब्यताका साथ सम्पन्न

रोशनी गोले तामाङ, साउन ३१ ÷ सिन्धुपाल्चोक जिल्ला जुगल गाँउपालिका वडा नम्बर २ सिन्दुर्चेमा अबस्थित गेगाङ कुण्ड मेला भब्यताका साथ सम्पन्न भएको छ । सिन्दुर्चे प्रचारप्रसार समितिको आयोजनामा आयोजित गेगाङ कुण्ड मेलामा हजारौ भक्तजनहरुले मेला भर्नुका साथै महादेब र कुण्डाको दर्शक गरेका छन् । जुगल २ सिन्दुर्चे गेगाङ महत्वपुर्ण धार्मिक तथा पर्यटकिय संभावना बोकेको समुन्द्री सतह बाट करिब ३ हजार हाइट मा रहेको जुगल हिमशृङ्खला हरु सजिलै नियाल्न सक्ने आफैमा भ्यु पाइन्ट रमानिय स्थल मा हरेक वर्ष जनै पुर्णिमा मेला लाग्ने गर्छ । परापूर्वकाल मा पाँच पोखरी यहि रहेको स्थानीय बुढा पाखा हरु बताउँछन् । पछि पाँच पोखरी माथी सारेको बताउछन् । पाँच पोखरी पुग्न नसक्ने भक्तजनहरु यहाँ सम्म पुगे पनि हुने विश्वास छ । जुगल चौतारा आसपास का भक्तजन हरु गेगाङ को मेला भर्ना आउने गर्छन। गेगाङ को उचित प्रचारप्रसार गरि सदरमुकाम नजिक को यो रमणीय स्थल लाई पर्यटन हरु को गन्तव्य को रुपमा विकास गर्न सक्ने सम्भावना रहेको छ।

सिन्दुर्चे ९जुगल भिउँ प्वाइन्ट० जहाँबाट राजधानीको सबैभन्दा नजिकको हिम शृङखलाका सबै हिमचुचुराहरु नजिकबाट र जुगल गाँउपालिकाका सबै वडाका सुन्दर बस्तिहरु अबलोकन गर्न सकिने सिन्दुर्चे ९जुगल भिउँ प्वाइन्ट० नामकरण गरि कार्यक्रममा स्थानिय निमा जाङ्बु शेर्पाको अध्यक्षतामा जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख अतिथ्यतामा आकर्षक पर्यटकीय सुन्दर ठाँउमान प्रत्यक बर्षको जनै पुर्णिमामा लाग्ने ऐतिहासिक, धार्मिक एबम् पर्यटकीय गेगाङ कुण्ड मेला सम्पन्न आयोजकले बताएको छ । मेलामा जुगल गाँउपालिकाका बिभिन्न वडाका तिर्थालु भक्तजनहरुको बाक्लो उपस्थित रकेहा थिए ।

कार्यक्रमको बिशेष अतिथि वडा नम्बर दुईको वडा अध्यक्ष चन्द्रकाजी तामाङ र नेपाली कांग्रेस बाग्मति प्रदेश सदस्य निमा जाङ्बु शेर्पा अतिथिहरु सिन्धुपर्यटन परिषदको महासचिब मिलन तामाङ लगायत बिभिन्न संघसंस्था र पार्टीको ब्यक्तिहरुको अतिथ्यतामा स्थानिय कलासंस्कृतिहरु टिपिकल खान्दोके सेलो, स्थानिय झाँक्रीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्