सिन्धुपाल्चोक १५ मङ्सिर – विश्व एड्स दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमको वागमति प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले उद्घाटन गर्नुभयो ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै शुक्रबार मन्त्री दुलालले उद्घाटन गर्नु भएको हो ।नेपाल रेड्क्रस सोसाइटी सिन्धुपाल्चोकको सहकार्य एव्म नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा, नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाको समन्वयमा चौतारामा आयोजित रक्तदान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री दुलालले कसैले दिएको एक पाउण्ड रगतले अरु कसैको ज्यान जोगिने हुँदा रक्तदान गर्नु आफैमा पवित्र कर्म भएको बताउनु भयो ।
कार्यक्रममा ५५ जनाले रक्तदान गरेको स्वास्थ्य प्रमुख दुर्गा बजगाईँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्