२५ कार्तिक ,सिन्धुपाल्चोक
नेवा :देय् दवु केन्द्रीय समिति ,बागमती प्रदेश ,स्वनिग विशेष प्रदेश नेवा :क्षी नेवा काठमान्डौँ येँ भक्तपुर ,खप र ललितपुर यले को संयोजन र नेवा :देय दवु सिन्धुपाल्चोक जिल्ला समिति ,चौतारा नगर समिति तथा नेवा :मिसा दबु सिन्धुपाल्चोकको आयोजनामा नेपालीहरुको महान चाड शुभ दिपावलीको अबसरमा कृष्ण रत्न गंगा माध्यामिक बिधालय चौतारामा शुभकामना आदान प्रदान गरिएको छ ।
नेपाल सम्वत ११४४ एंवम बागमती प्रदेशले नेवा भाषलाई कामकाजीको भाषामा प्रयोग गर्न पाउने विधेयक पास गरेको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो । चौतारा सागाँचेकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा उपमेयर सिता थापा , पुर्व मेयर अमान सिंह तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ , प्रहरी कार्यलयका प्रमुख बाल नरसिंह राणा , राष्ट्रिय अनुशन्धानका प्रमुख सुदिप अधिकारी लगायतका बिभिन्न संघसस्थामा आवद्ध पधाधिकारीहरुको उपस्थीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्