२०८१ श्रावण १२
                           

दशैको अवसरमा बलेफीले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम

सिन्धुपाल्चोक ,१ कार्तिक
विजया दशमी ,शुभ दिपावली,नेपाल संवत् ,छठ पर्वको अवसरमा बेलेफी गाउँपालिकाले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको हो ।


सो अवसरमा गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले समस्त चाड पर्वहरुको सुखद उपलक्षमा आमन्त्रित उपस्थित सवैमा सुख शान्ती समृद्धि सुस्वास्थ्य र दिर्घ जीवनको शुभकामना प्रकट गदै पालिकामा आफुहरुले कुनै पनि किसिमका विवाद नगरेको र आउँदै गरेको महान पर्व दशैको शुभकामनाको रुपमा पालिकाको विकास निमार्णमा तदारुकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा जेजस्तो भएपनि आगामी दिनमा विगतका कमिकमजोरीबाट पाठ सिकेर काम गर्ने अध्यक्ष तामाङको भनाई छ ।

यस्तै उपप्रमुख सरु लामा तामाङ विजया दशमी ,शुभ दिपावली,नेपाल संवत् ,छठ पर्वको शुभकामना दिदै विकास निमार्णको काममा अर्थात पालिकालाई सुन्दर पालिका बनाउने कार्यमा आफु कहिलै पछी नह्ने बताउँनुभयो ।
यस्तै सबै वडाअध्यक्षहरुले कार्यपालिका र जनप्रतिनीधिहरु एक आपसमा विवाद नगरी पालिकाको विकासमा लाग्न नेतृत्वलाई आग्रह गरेका छन् ।

सो कार्यक्रममा पालिका प्रमुख ,उपप्रमुख , अन्य राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु ,वडा अध्यक्ष ,सदस्यहरु ,कर्मचारी ,सञ्चारकर्मिहरु र गाउँपालिका वासीहरुको उपस्थिति रहेको कार्यक्रममा सबैले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्