सिन्धुपाल्चोक ,३० असोज
चौतारा साङ्गाचोकगढी नगरपालिकाले कानुनी सचेतना कार्यक्रम गरेको छ । मंगलबार स्थानिय सरकारको न्यायिक कार्य बारेमा जनस्तरमा जानकारी गराउने र विवादको विषयलाई न्यायिक समिती सम्म पुर्याउने उदेश्यले नगरपालिकाले वडा न.ं १ स्याउलेमा सो कार्यक्रमको आयोजना गरेको हो ।
नगरपालिकाका उपप्रमुख सीता थापा, वडा न.ं १ का वडा अध्यक्ष युवलाल श्रेष्ठ, न्यायिक समिती सदस्य रामशरण अधिकारी र रवि खत्रीले सहभागी लाई न्यायिक निरुपण रसहजिकरणको प्रकृया लगाएत विषयमा बताउँनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्