२०८० मंसिर २२

९ बर्ष थलिएकी जानुकाकाे परिवारमा छायाे खुसी

निर्मल बस्नेत-

चौतारा/ ब्रेन ट्युमर भएर सल्यक्रिया गर्दा एउटा आँखा गुमाएर मानसिक सन्तुनसमेत गुमाई ९ बर्ष सम्म थलिएकी चाैतारा साँगाचाेकगढी नगरपालिकाको वडा नं. २ साकीनेकी ४४ बर्षिय जानुका थापाले अपाङ्गता परिचय पत्र पाएकी छिन् । परिचय पत्र पाएपछि उनले मासिक ४ हजार सुबिधा पाउने भएकी छिन् । सुधिधा पाउने भएपछि थापाकाे परिवारमा खुसी छाएकाे छ ।

लामो समयदेखी परिवारको हेरचाहमा रहेकी थापा हाल ससुरा खम्ब सिं थापाको संरक्षणमा रहेकी छिन्  । थापा कहिले काठ्माण्डौ, कहिले पिपलडाँडा त कहिले फूल्पिङकोटमा दिदीबहिनी र पति निरहादुर थापाको हेरचाहमा समेत रहेकी थिईन् ।

चौतारा साँगाचोकगढी नगरपालिका अपाङ्गता परिचय वितरण समितिले संचालन गरेको एक दिने शिबिरमा उनि सँगै शारिरिक अशक्तता भएका ३१ जनाले सेवा पाएका छन् ।चौतारा साँगाचोकगढी नगरपालिकाले अवस्था जाँच गर बर्गिकरण गर्न अस्पताल सम्म धाउन नपर्ने गरी नगरमै चौतारा अस्पतालको डाक्टर झिकाई सेवा प्रदान गरेको हो ।उक्त शिबिरमा क बर्गका ६ जना, ख बर्गका १४ जना, ग बर्गका ३ जना र घ बर्गका ५ जना गरि २८ जना अपाङ्गता भएका व्यक्तिले नयाँ परिचय पत्र प्राप्त गरेका थिए भने ३ जनाले प्रमाणपत्रको नबिकरण गराएका छन् ।महिला तथा वालवालिका शाखा प्रमुख दुर्गाप्रसाद ढुंगेलले प्रमाणित गरीएको प्रमाणपत्र नगर उपप्रमुख सीता थापा र सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले संयुक्त रुपमा वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्