२०८२ असार १९

मन्त्री दुलालद्धारा पालेथुम्की पार्कको उद्घाटन, विकासमा दिर्घकालीन सोच राखेर काम गरेको मन्त्री दुलालको भनाई

चौतारा,२५ साउन
चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारी स्थित पालेथुम्की सेतीदेवि पार्कको उद्घाटन तथा झन्डोत्तलन कार्यक्रम सम्पन्न भएको छ । बिहिबार एक कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल सरदको प्रमुख आतिथ्यतामा उक्त उद्घाटन कार्यक्रम गरिएको हो ।

मन्त्री दुलालले कार्यक्रमलाई सम्बोधन गदै पार्क आसपास अन्य पुर्वाधारहरुको विकास गदै सिङगो डाडाँ ,वडा कार्यलय लगाएत सबैलाई विकसित व्यवस्थापन गदै भविष्यमा यो भन्दा विकास गर्ने र सुन्दर रमणिय ठाउँ बनाउँनेमा आफ्नो ठाउँबाट ठुलो योगदान रहने बताउँनुभयो ।

सगैँ समग्र सानोसिरुवारीको विकासको लागी दिर्घकालीन सोचका साथ काम गरीरहेको समेत बताउँनुभयो । शिक्षा ,स्वास्थ्य ,पुर्वाधार ,पर्यटन प्रर्वद्धन ,कृषि र नागगरीकलाई जिविनस्तर कसरी सुदृढ गर्न सकिन्छ भनेर विभिन्न योजना बनाई कार्यक्रमहरु ल्याएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो ,‘सडक पुर्वाधारको काम सकिएको छ। भुत छागाँको चर्चा गदै पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राखका छौँ । सिद्धि गणेश माध्यमिक विधालयलाई सुबिधा सम्पन्न गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा विकास गरेर जाने उद्देश्यका साथ काम गदै आएकोले यसमा सबैको साथ र योगदान जरुरी रहन्छ । समग्र यो ठाउँको विकासका लागी आफुलाई सामाजिक सद्धभाव ,सामाजिक एकता र सामुहिकता प्रर्दशन गरिदिनुभयो भने स्रोत र साधन जहाँबाट पनि ल्याएर काम गर्ने प्रतिवद्धता जनाउँछु । ,’

पालेथुम्की सेतीदेवि पार्क बागमती प्रदेश सरकारको आर्थिक सहयोग र डिभिजन वन कार्यलय ,चौतारा सिन्धुपाल्चोकको व्यवस्थापकीय सहयोगमा चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारी स्थित सिद्धि गणेश सामुदायिक वन उपभोक्ता समुहले स्तरोन्नती कार्य सम्पन्न गरेको सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विजय नेपालले बताउँनुभयो । अध्यक्ष नेपालले मन्त्री दुलाललाई मायाको चिनो दिनुको साथै पार्कमा सहयोग र योगदान पुर्याउने व्यतिmत्वहरुलाई मायाको चिनो दिनुभएको थियो । डिभिजन वन कार्यलय ,चौतारा अन्तर्गत सिन्धुपाल्चोक जिल्लाभरबाट आर्थिक वर्ष२०७९ ÷८० मा उत्कृष्ठ वन समुहको रुपमा समेत पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्