२०८१ श्रावण १२
                           

स्वर्गिय विकाश लामाको जन्मस्थानमा श्रद्धाञ्जली सभा कार्यक्रम

शुक्रबार, साउन ५ –  नेपाली कांग्रेस इन्द्रावती गाउँपालीकाले निवर्तमान जिल्ला सभापती स्वः विकाश लामाको देहान्त भएको २८ औ दिन पारेर श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाका निवर्तमान जिल्ला सभापती स्वः विकाश लामाको जन्मस्थान इन्द्रावती गाउँपालीका-९ गाइखर्कमा देहान्तको २८ औं दिन उनको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको नेपाली कांग्रेस इन्द्रावती गाउँपालीका सभापती जिवन थापा मगरले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य बिष्णु विक्रम थापाले स्वर्गिय लामाले नेपाली काँग्रेसको संगठन निर्माणमा अतुलनिय योगदान गरेको बताए । काँग्रेसलाई बलियो बनाउन एक ढिक्का भएर लाग्नु नै स्वर्गिय लामाप्रती सच्चा श्रद्धाञ्जली हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्