२०८१ श्रावण १२
                           

स्व.सिता दाहालको सातौँ दिनमा मावोवादी केन्द्र सिन्धुपाल्चोकले गर्यो शोक सभा

सिन्धुपाल्चोक ,२ साउन

नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार स्व. सीता दाहालको सातौँ दिनमा नेकपा मावोवादी केन्द्र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सहिद स्मृति हल गैरिगाउ चौतारामा शोक सभा कार्यक्रम गरेको छ ।कार्यक्रममा बाेल्दै  पार्टी भित्र संकट र विवाद समाधानमा उहाकाे समन्वयकारी भूमिका  रहेकाे जिल्ला संयोजक समितिका अध्यक्ष गोविन्द पराजुलीले बताउनुभयो ।

मंलबार पार्टीले राष्ट्रीय रुपमानै सबै जिल्लाका पार्टी जिल्ला समन्वय समितिहरुले श्रद्धाञ्जली अर्पणका लागि शोक सभाको आयोजना गरेका हुन्।

222222222222221689684071.jpg

कार्यक्रम जिल्ला पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य अमृता नेपालको  प्रमुख आतिथ्यतामा गरिएको हो भने जिल्ला संयोजक समितिका अध्यक्ष गोविन्द पराजुलीको अध्यक्षतामा भएको थियो । जिल्लाका आठ वटा पालिका स्तरिय कमीटी लगाएतका व्यक्तित्वहरुको  उपस्थीति रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्व.सीता दाहालको गएको असार २७ गते ६९ वर्षकाे उमेरमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।

स्व.सिता नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पार्टीभित्रका संकट र विवाद समाधानमा उहाकाे समन्वयकारी भूमिका  रहेकाे जिल्ला संयोजक समितिका अध्यक्ष गोविन्द पराजुलीकाे भनाइ छ

प्रतिक्रिया दिनुहोस्