२०८१ बैशाख १४

तीन महिनाको योग शिविर, उपलब्धीको लेखाजोखा

चौतारा -योग साधनाले हरेक कालखण्डमा बिश्व भरिका मानव समुदायलाई अत्यन्त प्रभावित गर्दै र प्रेरणा दिदै आइरहेको छ । पूर्वीय सभ्यताको बिकासक्रमलाई हेर्दा बैदिक र पूर्ववैदिक काल देखिनै समाजलाई योग ले प्रभावित गरेको पाइन्छ । बर्तमान सन्दर्भमा बिश्वभरको शिक्षा, स्वास्थ्य, बिज्ञान, कला, संस्कृति, धर्म, राजनीति, साहित्य र दर्शनलाई समेत योगले प्रभावित गर्नुको साथै प्रेरणाको श्रोत बनेको छ ।
यसै सन्दर्भलाई मध्यनजर राखेर २०७९ फागुण १६ गते देखि चौतारामा नियमित योग शिविरको शुरुआत गरिएको छ ।

जिल्ला आयुवेद कार्यालयको आयोजना र हर्ट फाउण्डेशन सिन्धुपाल्चोक तथा महिला बहुउदेश्यीय सहकारी संस्था ली. को सहयोगमा शुरु भएको योग शिविरमा दैनिक १३ देखि १८ जना सम्मका ब्यक्तिहरुको उपस्थिती रहन्छ । चौतारा स्थित बि.पी. अध्ययनकेन्द्रको हलमा संचालन भएको योग प्रणायाममा चौतारा निवासी पतञ्जलि योग गुरु श्री किरणमान श्रेष्ठले दैनिक निशुल्क प्रशिक्षण गर्नुहुनेछ ।

पतञ्जलि योग दर्शन अनुसार “योगः चित्तवृत्ति निरोध” हो भन्दै योग साधना शुरु गरको पाइन्छ । पतञ्जलि योग दर्शनमा बहुचर्चित अष्टाङ्ग योग भनेर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको बारे निकैै चर्चा गरेको पाइन्छ ।

?

जसको आशय र अर्थ यस्तो रहेको छ ।

१. यम ः यम अन्तर्गत हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, ब्रह्मचार्यमा रहनु, लोभी—संग्रही नहुनु भन्ने कुरा पर्दछन् ।
. नियम ः नियम अन्तर्गत मन र शरीर सफा राख्नु, सन्तोषी रहनु, ब्रत उपवास गर्नु, शास्त्रहरुको अध्ययन गर्नु, ईश्वरभक्ति र ईश्वरमा समर्पण गर्नु भन्ने कुरा पर्दछन् ।

. आसन ः आसन अन्तर्गत जुन तरिकाले स्थितरता पूर्वक नहल्लिकन सुख पूर्वक कुनै प्रकारको कष्ट नहुने गरी दीर्घकाल सम्म बस्न सकिन्छ त्यो नै आशन हो भनिएको रहेछ ।

. प्रणायामः प्राणायाम अन्तर्गत आसन सिद्धि भएपछि नियमपूर्वको श्वास, प्रश्वासको गतिलाई रोक्नु हो । यसमा तीन भेद पर्दछन् । श्वास भित्र तान्ने क्रिया, श्वास बाहिर फाल्ने क्रिया र श्वास भित्र वा बाहिर रोक्ने क्रिया पर्दोरहेछ । प्राणायाममा अनेक किसिमका उपभेदहरु पनि रहेछन्् ।
५. प्रत्याहार अन्तर्गत इन्द्रियहरुलाई उनका बहिर्मुख बिषयहरुबाट फर्काएर अन्तर्मुख गराउनु रहेछ ।

. धारणा अन्तर्गत अन्तर्मुख भएको स्थिर चित्तलाई अन्य बिषयबाट अलग्याउदै आफ्नो ध्यान संग बाँध्नु अर्थात अडेयाउनु रहेछ ।
. ध्यान अन्तर्गत धारणा द्धारा ध्ययमा अडिएको चित्तलाई लगातार बिना ब्यवधान ध्येय बिषयमा स्थिर गराइ रहनु ध्यान भनिदो रहेछ ।
८. समाधि ः जव ध्यान गहन गहन हुदै जान्छ ध्यान गर्ने ध्याता, ध्यानको क्रिया समेत त्यही एउटै ध्येय स्वरुप मात्रले भासित हुन पुग्दछन् ।
शास्त्रहरुमा योगको बिभिन्न बिषयहरुलाई बिस्तारमा बताइएको छ ।

तर, आजको भौतिक ब्यस्तताको समयमा जो कोहि पनि योगको पूर्ण साधना गर्न सक्षम हुन सक्दैन । तर पनि योग दर्शन अन्तर्गतका स्वास्थ्योपयोगी अङ्गहरु मध्ये योगासन, प्राणायाम र ध्यान प्रमुख रहेछ ।योगासन शारीरिक ब्यायाम रहेछ । यसबाट हाड जोर्नी, मांशपेसी, मेरुदण्ड, पेट, छाती साथै भित्री अङ्गहरु सक्रिय र स्वस्थ हुने रहेछ । रक्तसञ्चालन बढ्दोरहेछ । ग्लुकोज र चिल्लो पदार्थ पग्लिन्छन् र शरीरभित्र रहेको उर्जा प्रयोगमा आउदो रहेछ ।

प्राणायामः प्राणायाम श्वास प्रश्वासको अभ्यास रहेछ । यसबाट शरीरभित्र प्रशस्त अक्सिजन प्रवेश गर्दछ । रक्तसञ्चारमा सुधार आउदो रहेछ । पेटलाई केन्द्र मानेर गरिने प्राणायामले पेट भित्रका अङ्गहरुलाई सक्रिय पार्दोरहेछ । ध्यानः ध्यान स्नायू प्रणालीलाई शान्त पार्ने अभ्यास रहेछ । यसबाट मानसिक तनाव घट्ने, मानसिक तनाव संग सम्बन्धित रोगहरुलाई पनि कम गर्दोरहेछ । मन शान्त भई आनन्द प्राप्त हुदोरहेछ ।योग गरेमा मन चंगा र शरीर फुर्तिलो हुनेरहेछ । बिचार, चालचलन, भोजनशैलीमा सकारात्मक परिवर्तन हुने रहेछ । असल चरित्र, गुण, चिन्तनको बिकासका साथै लोककल्याणकारी काममा मन जाने रहेछ ।

आजभोली केमिकलयुक्त खाद्यान्नका कारणले मानिसहरुमा बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । रोग लागेकाहरुले डाक्टरी औषधीहरु खाने गर्दछन् । डाक्टरी औषधिहरु अप्राकृतिक हुन्, केमिकलबाट बनाइएका हुन्, साइड इफेक्टहरु धेरै हुन्छन् । एक पटक शुरु गरेपछि सधै खाइराख्नु पर्छ , रोग नियन्त्रण गर्ने मात्र हो निर्मुल पार्न सक्ने होइन, महंगा छन् पैसा धेरै खर्च हुन्छ । त्यसैले रोग लाग्न नदिन प्रत्येक मानिसलाई योग साधनाको जरुरी छ ।

चौतारा प्रेसचोकमा दैनिक रुपले बिहान ५ बजेबाट शुरुहुने योग साधनामा चौताराका पुर्व वडा अध्यक्ष नरमान श्रेष्ठ देखि श्री कृष्ण रत्न गंगा मा.बि. का पुर्व प्र.अ. ध्रुवलाल श्रेष्ठ, सामाजिक ब्यक्तित्व शोभा उलक समेतको दैनिक उपस्थिती हुने गरेको छ । याहाँ जो कोहीलाई पनि प्रवेश खुल्ला गरिएको छ । त्यसैले पनि आउन हिच्किच्याउनु पर्ने छैन । याहाँ दैनिक योग गर्नेहरुको ग्यास्ट्रीक, प्रेसर, सुगर, मोटोपन, मुटु सम्बन्धी लगायत बिभिन्न रोगहरु बिस्तार घट्दो अवस्थामा छ र योगगर्ने ब्यक्तिहरुमा त्यहि अनुभूति भएको उनिहरु बताउछन् । मुटु रोगीहरुले त झन योग गर्नैपर्ने विषय रहेछ ।

डेढघण्टा सम्म दैनिक रुपले गरिने योगका आशनहरुमा अनुलम बिलोम, कपालभाती, भ्रामरी, ताडासन, त्रिकोणासन, उत्कटासन, बज्रासन, बक्रासन, गोमुखासन, पुतलीआसन, शवासन, पादोत्तनासन, नौकासन, सूर्य नमस्कार, बज्रासन, बिभिन्न ब्यायामहरु लगायतका आशनहरु गरिन्छ ।

योग शिबिरमा आउनेहरुले दैनिक आफ्नो वजन नाप्ने, साप्ताहिक रुपले प्रेसर र सुगर जाच गर्ने सम्मको सुबिधा शिविरमा छ । दैनिक रुपले धुलो बनाएको अमला र बिरे नुन राखेको तुलसी चिया खाने गरिएको छ । त्यसले अरु चिया खाने बानी बन्द समेत भएको छ । त्यसैगरी दैनिक शिलाजित सेवन गर्न पाइन्छ । शिलाजितले हाम्रो शरिरका सबै अङ्गहरुलाई उर्जा मिलेको छ ।नातिबावु धिताल

प्रतिक्रिया दिनुहोस्