२०८१ बैशाख १३

गर्मी आयो के पिउने ?

अरुणा उप्रेती- गर्मी आयो के पिउने ?
गर्मी सँग कोल्ड पिउदा कती समस्या पर्छ भनेर थाहा हुँदा हुँदै जिबोर्को को स्वाद ल हाम्रो स्वास्थ नस्ट पार्छ ।
सस्तो , सजिलो , स्वास्थ रार्मो garne बाबारी, कागति, किन ?
अमेरिकामा दुइ, ४ पात पुदिना/ बाबरीको को ५० रुपैयाँ ?
गर्मी बढेसँगै ‘स्वाद’ लिन चिसो पिउनेहरू कोल्डस्टोरतिर झुम्मिने गरेको देखिन्छ । तर त्यस्ता चिसो पेयले कसरी अस्वस्थ बनाउँछ भन्ने प्रायः विचार गरेका हुँदैनन् । बरु उल्टै प्रश्न गर्छन्, ‘गर्मीको बेला चिसो नखाएर के पिउने त ?’ यसको जवाफ म प्रश्न नै सोधेर दिन चाहन्छु, ‘आधुनिक चिसो पेय नेपालमा नहुँदाचाहिँ मानिसहरु के पिउँथे त ?’
वर्षैभरि नै पाइने कागती गर्मीमा वा जाडो जुनसुकै बेला पनि तातो वा चिसो पदार्थमा मिसाएर खान सकिन्छ । स्वाद र स्वास्थ्यका दृष्टिले पनि कागती लाभदायक छ । म सानो छँदा २५ पैसामा एउटा कागती पाइन्थ्यो, अहिले १५ रुपियाँसम्म पर्छ । म व्यक्तिगतरुपमा कागतीलाई औषधिको डल्लो भन्छु । बिहान उठ्नेबित्तिकै चिनी नहालेको कागती–चिया खान्छु । कागतीको रस दालमा मिलाएर पनि खान्छु । यसैले मैले कहिल्यै पनि भिटामिन ‘सी’को गोली खानै परेको छैन ।
कागतीमा पाइने एउटा महत्वपूर्ण तत्व हो भिटामिन ‘सी’ । भिटामिन ‘सी’को महत्वको बारेमा अहिले त धेरैले थाहा पाइसकेका छन् । भिटामिन ‘सी’ले रोगसंँग लड्न सक्ने (रोगप्रतिरोधात्मक क्षमता) प्रदान गर्छ भन्ने कुरा विज्ञानले पुष्टि गरेको छ ।
जुस भनेर फलफूलको बास्ना आउने महँगो पाकेटबन्द चिनीको झोलमै रमाउने गरिन्छ । यसले मानिसको स्वास्थ्यलाई मात्र नोक्सान पु¥याउने होइन, नेपाली संस्कृतिलाई पनि नष्ट गर्छ । आर्थिक हानि त छँदै छ । जुसको नाममा अस्वस्थकर झोल पिउनुको सट्टा कागतीको रस प्रयोग गर्न उचित हुन्छ । आयुर्वेदमा कागतीको महत्वका बारेमा विस्तृत वर्णन गरिएको छ “कागती र अदुवा दिनदिनै खाने व्यक्तिको घरमा रोगलेप्रवेश नै पाउँदैन ।“
विशेष गरी ग्रामीण क्षेत्रमा बस्ने धेरै नेपाली महिलालाई रक्तअल्पता भएको पाइन्छ । यस्ता महिलालाई रगतको आपूर्ति गर्नका लागि विभिन्न औषधिहरु दिने गरिन्छ । तर कागतीमा रहेको भिटामिन ‘सी’ले भोजनमा रहेको लौहतत्वलाई शोषण गर्न मद्दत गर्छ भन्ने कुरा प्रायः विचारै गरिन्न । कतिपय स्वास्थ्यकर्मीले रक्तअल्पता भएका महिलालाई भिटामिन ‘सी’को चक्की दिन्छन् र खानासँंग खानु भन्छन् ।
शायदै कुनै स्वास्थ्यकर्मीले कागतीको रस भोजनसँग मिसाएर खानु भन्छन् होला । ‘कागतीको रस मिसाएर भोजन खानु’ भन्दा औषधि कम्पनीहरुलाई फाइदा हुँदैन । शायद त्यसैले हो कि कागतीलाई बढावा दिने र सस्तैमा फाइदा पुग्ने जानकारी दिन कन्जुस्याइँ गरिन्छ ।
हुन त आजकल कागतीको रस हालेर चिया, सर्बत खाने वा पाहुनालाई सत्कार गर्ने चलन बढेको छ । गर्मीको बेलामा पनि बोतलबन्द चिसो पेयपदार्थको सट्टा स्वास्थ्यकर कागतीको सर्बत दिन हिचकिचाउनुपर्दैन ।
बालबालिकालाई पनि बट्टाको जुस होइन, कागतीको सर्बत दिने गरौँ । किनभने कागतीको रसमा सूक्ष्म मात्रामा भिटामिन ‘बी’, फोलिक एसिड पनि पाइन्छ । बालबालिकालाई यसले स्वस्थ राख्छ, रोगसँग लड्ने शक्ति बढाउँछ । साथै अप्रत्यक्षरुपमा औषधि किन्ने पैसा पनि बच्छ ।
दुई वर्षअघि अमेरिकामा धेरै महँगोमा मैले बाबरी किन्नुपर्यो । खाजा खान बसेँ । चिसो पेयपदार्थ लिइनँ । त्यहाँ धेरैले पेप्सी लिइरहेका थिए । एउटा मेसिनमा पानी राखिरहेको थियो । त्यसमा बाबरी (पुदिना)को पात तैरिरहेको थियो । त्यो त सित्तैमा होला भनेर गिलासमा पानी लिएँ, दुईवटा पुदिनाका पात झारें । म लिएर टेबलमा बस्न लागेको बेलामा साहुनीले भनिन्– ‘त्यो पानीको ५० सेन्ट (नेपाली ५० रुपियाँ) पर्छ ।’ मैले भनें– ‘यत्तिका खानेकुरा लिएपछि पानी त सित्तैमा हुनुपर्ने होइन र ?’ साहुनीले भनिन्– ‘पानी त सित्तैमा, पैसा त बाबरीको पो लिएको ।’
बाबरीको दुईवटा पत्ताको ५० सेन्ट तिरें । त्यस बेला मैले मेरो बारीमा फलेको बाबरीको बोट सम्झें ।
बाबरीको अचार बनाएर खाने चलन त पहिलेदेखिकै हो । अमेरिकामा त बाबरी हालेको पानी नै त्यति महँगो हुन जाँदो रहेछ । मैले ती साहुनीलाई भनें– ‘मेरो घरमा त बाबरीको धेरै बोट छ । हामीले त जति खाए पनि पैसा तिर्नुपर्दैन ।’ उनले भनिन्– ‘हो नि ∕ के गर्नु, यहाँ त सबैको पैसा लाग्छ ।’
गर्मीको बेला पुदिनाको पात राखी बनाएको सर्बत पिउनु लाभदायक हुन्छ । पिसेर तयार गरिएको पुदिनामा वीरेनून र कागती हालेर खाँदा स्वादिलो हुन्छ, यसले फाइदा पनि दिन्छ । हरेक किसिमले खान सकिने र स्वास्थ्यलाई फाइदा दिने भएकाले म त भन्छु– ‘बाबरी र कागती गर्मीको साथी नै हुन् ।’

प्रतिक्रिया दिनुहोस्