२०८२ असार २
                           

मन्त्री दुलाल निरन्तर विकासे याेजनाकाे अनुगमन र निर्देशनमा

सिन्धुपाल्चोक ,५वैशाख

बागमती प्रदेशका भौतिक पूर्बाधार बिकास मन्त्री युवराज दुलाले राष्ट्रिय प्राथमिकताका प्रमुख सडकहरुलाई तीब्रता दिन सरकारले नयाँ योजना ल्याएर अघि बढ्ने बताउनुभएकाे छ ।

अनुगमनका क्रममा  शुक्रबार दोलखामा प्रदेशबाट सञ्चालित प्रमुख सडक योजनाहरुको अनुगमन गर्दै यस्तो बताउनुभएको हाे ।

मन्त्री दुलालको टोलीले दाेलखाकाे विभिन्न ठाउँका सडक खण्डको अनुगमन गर्नुभएको छ ।

मन्त्री दुलाल सङै मन्त्रालयका सचिब शंकरप्रसाद पण्डित, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् दोलखा जिल्ला ईन्चार्ज बिशाल खड्का, पूर्बाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजु श्रेष्ठ लगायतको टोलीले सडक पूर्बाधारहरुको अनुगमन गरेका हुन्।

साथै मन्त्री दुलालकाे शनिवार दाेलखाकाे बिगु गाउँपालिकाको पूर्बाधार विकास लगायतका योजनाको अनुगमन गर्ने कार्यक्रम रहेको बताईएकाे छ ।

प्रदेशस्तरका पुर्ण अपुर्ण विकासे याेजनाहरुकाे निरन्तर रुपमा अनुगमन सङै निर्देशन दिईरहनुभएकाे छ । मन्त्री दुलाललाई जनताले विकासे बाकस समेत भन्ने गरेका छन् ।दिन रात नभनि मन्त्री  दुलाल   तिव्र रुपमा विकासे याेजना र जनताकाे सेवामै हुनुहुन्छ ।

जनताक ा समस्या उठाउने पूरा गर्ने, राज्यको सेवा सुविधालाई सम्बन्धित व्यक्ति सम्म पुर्‍याउन सक्ने, रोजगारी सृजना गर्ने र अत्यावश्यक विकासका पूर्वाधारलाई नेतृत्व गरेर जानेमा  मन्त्री दुुलाल रहेकाे स्थानियकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्