२०८१ श्रावण १२
                           

स्थानीय बाल सञ्जाल अध्ययन भ्रमण कार्यक्रम (फोटो फिचर)

 पर्यटनलाई आन्तरिक  रुपमा  प्रबर्द्धन  गर्ने उदेश्यका साथ बाल सञ्जालको अध्ययन भ्रमण ,सिन्धुपाल्चोक ,२१ वैशाख

सम्झना कार्की –  चौतारा सागाँचोकगढी नगरपालिकाद्धारा आयोजना गरीएको स्थानीय बाल सञ्जाल अध्ययन भ्रमण कार्यक्रम कति रमाईलो है !  वैशाखको दिन अनि झरी परेको त्यो दिनको हाम्रो यात्रा ।

वैशाख १८ गते सोमबार बिहान ११ बजिसकेको थियो । महिला बालबालिका शाखा प्रमुख दुर्गा ढुङगेल, ८ नम्बर वडा अध्यक्ष अमृत दंगाल, शिक्षक निर्मला तिमल्सीना ,कबिता थापा , पत्रकार र विभिन्न विद्मालयका  विद्मार्थीहरुको टोलि भ्रमणको लागी पीपलबोटमा एकै ठाउँमा जम्मा भएका थिए । उत टोलीलाई सल्लाह सुझाव सगैँ शुभयात्रा दिन नगरपालिका उपप्रमुख सिता थापा आउँनुभएको थियो र लगभग ५० जनाको समुह हर्लङबर्लङ देवीथानको भ्रमणको यात्रामा चौतारा टुडिखेलबाट हिड्यो ।

342714028_919363925848920_1244592766907867275_n1683174408.jpg

चौतारा तस्वीर 

सोहि दिन चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर १ स्याउलेस्थित सताब्दी पुरानो हर्लङबर्लङ देवीथान पुगियो । उक्त स्थानमा पुग्न अहिले बाटोको सुबिधा राम्रो रहेको छ । एक सय ३५ वर्ष पुरानो इतिहाँस बोकेको सो मन्दिर ७२ सालको भुकम्पमा क्षति पुगेर निमार्ण कार्य भईरहेको छ । अहिले हर्लङबर्लङ पर्यटकिय क्षेत्रका रुपमा पनि  विकसित हुन थालेको छ।  त्याहाँ अनौठो शिला र दुई चामत्कारिक गुफाले चर्चामा आएको हर्लङबर्लङ देवीथान आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित छ र हामी सबैले  हर्लङबर्लङ देवीथान दर्शन भ्रमण गर्यो। 344571035_553467053538837_6605944988156882152_n1683174269.jpg

                                                                         हर्लङबर्लङ देवीथान तस्वीर 

हर्लङबर्लङ देवीथानको  दर्शन पश्चात टोली चौतारा तिरै फर्कियो । फर्किदै गर्दा बिचबाटोबाटै जान सकिन्छ । गौरती भिमशेन  मन्दिर  र बुद्ध पार्क । जिल्लाको निकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो, गौरती भिमशेन मन्दिर। चौतारा साँगाचोक गढी नगरपालिका वडा नं ६ मा अवस्थित यस धार्मिक स्थलको भ्रमण गरीयो ।  ’गौराती’ भिमशेनको दर्शन गर्नाले सोचेको आटेको मनोकामना पुरा हुने जनविश्वास छ ।  केहि बिधार्थीको समुह बस भित्रै बसे किनकी झमझम पानी परीरहेको  थियो । केहि भने रुज्दै मन्दीर दर्शनमा गए । भिजेको त्यो शरिर र पनि रमाईलो पनि उतिकै गरीरहेका थिए ।

gaurati-bhimsen-temple-famous-religious-place-in-sindhupalchok1683174722.png
             गौरती तस्वीर 
बिहानै देखिको झरी परेको त्यो दिन । चिसो मौसम । न छाता । न ओत लाग्ने ठाउँ नै , र पनि ति साना भाई बहिनिहरुमा  भ्रमणप्रतिको उत्साह , रौनक रुझ्दै भिज्दै तस्वीर लिएको घुमेको देख्दा कति रमाईलो आ..हा……… !  घुमफिर भ्रमण कस्लाई पो मन नपर्ला । त्यसमाथी बालबालिका । आफ्नो अध्ययन सगँै घुम्ने ,रमाउने कति धेरै रहर हुन्छ बालबालिकामा ।

बालबालिकाको यि रहर ,यो चाहान मनोभावना बुझ्नेमा चौतारा नगरपालिका परेको छ । नगरपालिका भित्रका  बिभिन्न बिधालयका ४० जना भन्दा बढी बिधार्थीहरुलाई भ्रमणमा सहभागी गराईएको  नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाका प्रमुख दुर्गा ढेङगेललेबताउँनुभएको छ । साथै बाल मैत्री वडा घोषणामा यसले सहयोग पुग्ने र बालबिकासमा सहयोग पुग्ने उहाँको भनाई छ ।

बिद्यालयका बालबालिकाहरुको बाल बिकास र बालसहभागितालाई मध्यनजर गर्दै स्थानीय स्तरको  पर्यटनलाई आन्तरिक  रुपमा  प्रबर्द्धन  गर्ने उदेश्यले २ दिने स्थानीय  बालसन्जालको  शैक्षिक अवलोकन  भ्रमण  राखिएको उपप्रमुख थापाले बताउँनुभयो ।  चौतारा सागाँचोकगढी नगरपालिका भित्रका मुख्य पर्यटकिय क्षेत्र हर्लङबर्लङ देवीथान,गौरती भिमेश्वर मन्दीर ,बुद्ध पार्क, सुकुटे बिच,रानी पोखरी र भुत छागाँको स्थानीय बाल सञ्जाल अध्ययन भ्रमण गराउने उद्देश्य नगरपालिकाले राखेको उपप्रमुख थापाको भनाई थियो । सोहि बमोजिम उत भ्रमण गरिएको थियो ।

सोहि दिन हर्लङबर्लङ, गौरती , बुद्ध पार्क भ्रमण गरी खाजा खाएर चौताराबाट यात्राको बस पर्यटकिय स्थल सुकुटे तिर लाग्यो । झरी परीनै रहेकोथियो । बस भित्र भाईबहिनिहरु गीत गुनगुनाउदैँ , म्युजिकको तालमा यात्रा गरीरहेका थिए ।
भाईबहिनीहरुले यात्राको क्रममा बस भित्र गाएको यो गित ः
                        बच्चा देखिनै पढ्दै हास्दै अघि बढ्यौँ  ्
,ए साथि तिमि कहाँ छौ भनन,,,,
,सम्झना बाकि छ हाम्रा ति पलको सगैँ नहोला
तर हाम्रोसाथ सधै भरको
केहि दिन देखि शुन्यता ,कालो बादल छाएको जस्तो
,ए साथि तिमि कहाँ छौ भनन………………

साझ ६ बजेको थियो होला अध्ययन भ्रमणको टोली  पर्यटकको अपार सिन्धुपाल्चोकको केन्द्र ‘सुकुटे’ पुग्यो । सुकुटे बिच भित्र रहेका स्युमिङ ,बास्केट बल ,पिङ लगाएतका खेल सामग्री देख्दा बालबालिकामा छुटै खालको खुसी मुहारमा देखिएको थियो  । कोहि फोटो खिच्नमा ब्यस्त थिए त कोहि ति खेल सामग्रीमा ब्यस्त भए ।

लगभग बेलुका ७ बजेको थियो । नगरपालिका उपप्रमुख सिता थापाको को ईन्ट्र भयो । उपप्रमुख थापा आएसङगै बच्चाहरुले अभिभावकको आएको महशुस गरे ।खुसी भए । ८ बजेको समय खाना खाएर रातको १० बजेसम्म रमाईलो गरीरहे ,नाचीरहे । भोलीपल्ट ,बिहान भयो । सबैजना आ आफनै तालमा थिए । खेल्नमै व्यस्त थिए । सबै जनाले ब्रेकफास्ट लिए । उपप्रमुख सङगै आधा घण्टा हलमा मिटिङ बस्यो ।

परीचयात्मक भयो एकआपसमा घुलमिल त भएका नै थिए  तर अझ यो मिटिङले झन नजिक बनाईदियो । ८ बजेको समय थियो    ¥याफ्टिङ  खेल्लने । मिटिङबाट ७ ÷८ जनाको ग्रुप बन्यो ।  र सबै जना ¥याफ्टिङको तयारी गर्न थाले । ¥याफ्टिङ गर्ने भनेपछि बालबालिकाको खुसी नै खुसीले मन भरीएको देखिन्थ्यो । ¥याफ्टिङ खेलिरहदा एकअर्कामा पानीले छ्यपाछ्याप गरी रमाईलो गरिरहे ।


344898905_546464307429789_8877166892439635994_n1683175125.jpg

    ¥याफ्टिङ तस्वीर 
¥याफ्टिङ सश्चात खाना खाएर उतm टोली चौतारा तिर फर्कियो । बसभित्र ¥याफ्टिङकै बिषयमा गफ चल्यो । रमाईला गफगाफ सङगै रानीपोखरी पुगियो । सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी –०८ मा अवस्थित रानिपोखरी धार्मिक तथा पर्यटकिय महत्त्व बोकेको स्थान हो । सो रानीपोखरीमा पुगी फोटो खिच्दै रमाईलो गदै केहि समय त्याही रमाईलो गरीरहे । फाटाफुट्ट पानी पदै थियो । र पनि रमाईलो उतिकै देखिन्थ्यो ।

342604137_1588187574940308_6785219872049967515_n1683175193.jpg
  रानीपोखरी तस्वीर 

रानीपोखरीबाट टोली मेलचौर फर्कियो र मेलचौर बाट भ्ुात छागाँ तर्फ लाग्यो । चौतारा सागाँचोकगढी नगरपालिका वडा न.ं ७ स्थीत त्यस छागाँ पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । यसैबिचमा ३० ४० जनाको समुह पनि यहाँ पुग्यो । झरनामा बालबालिकाहरु  टिकटक बनाउन र फोटो खिच्नमा ब्यस्त रहे । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको छ । नगर बालसञ्जालका कोष्ध्यक्ष  सुजन श्रेष्ठ  यहाँ घुम्न आउँदा रमाइलो लागेको बताउँनुहुन्छ ।  उहाँले भन्नुभयो , ‘फेसबुकमा फोटो देख्दा घुम्न मन लागेको थियो । नगरपालिकाले यो अबसर दियो टोलिनै आयौँ । छाँगामै पुगेर नुहाउँदा निकै रमाइलो लाग्यो ।’

रोनिसा गीरी  भननुहुन्छ ,   झरना घुम्ने अवसर मिलेकोमा खुसी  लाग्यो , । हामि याहि चौताराका हौँ । तर, यहाँ यस्ता रमणीय ठाउँ छन् भन्ने नाम सुनेको हो पुगेको थिएन । म पुगेको भने बुद्ध पार्क र गौरती भीमसेन मन्दिर मात्रै थियो । नगरपालिका बालबालिका शाखाले दिएको यो अवसरबाट सुकुटे , भूत छाँगा ,रानीपोखरी पुगियो । धेरै रमाइलो लागेको छ ।  नगरपालिकाले बालमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात् बाल सञ्जालहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील भई कार्यक्रम सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ नै । बिहान विद्यालय पुग्ने र बेलुकी घर फर्किने बालबालिका पछिल्लो समयमा विद्यालयमा सचेतना फैलाउने,  सीप आदानप्रदान,  र बालमैत्री अभियानमा अग्रसर हुन थालेको उपप्रमुख सिता थापाले बताउँनुभयो ।

चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । बाल सञ्जालमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकासका लागी नगरपालिका भित्रका साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराउने लक्ष्यका साथ यो दुईदिने कार्यक्रम राखि भ्रमण सकिएकोे नगर उपप्रमुख सिता थापाले बताउँनुभयो । यो कार्यक्रमबाट प्रत्येक बिधार्थीले एक एक ओटा भ्रमण प्रतिबेदन तयार पार्नेछन् र उत प्रतिबेदनमा पहिलो ,दोश्रो र तेस्रो हुनेलाई पुरस्कार समेत राखिएको उहाँको भनाई छ । वैशाखको दिन अनि झरी परेको त्यो दुई दिनको हाम्रो यात्रा अविश्मरणीय रह्यो । यी बालबालिकामा खुसिको सिमा रहेन ।

342855322_1100203630703865_2001365410977275638_n1683176259.jpg

344755552_571821858380785_4465520010648020_n1683176271.jpg

प्रतिक्रिया दिनुहोस्