२०८१ श्रावण १२
                           

लायन्स क्लबद्वारा आयोजित फूटबल प्रतियोगिताको समापन शनिबार

आज विहान चौतारा टुँडिखेलमा भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ बाहिरिएका छन् ।
प्रतियोगितामा चौतारा स्पोर्टिङ क्लबले सात गोल गरेका थिए भने महासंघकातर्फबाट अध्यक्ष जीवन श्रेष्ठले एक गोल गरेका थिए ।
त्यस्तै लायन्स क्लब अफ सिन्धु काठमाण्डौ सीटी र कर्मचारी मिलन केन्द्रबीच भएको प्रतियोगितामा क्लब विजयी भए । क्लबले ३ गोल गरे भने कर्मचारीकोतर्फबाट कसैले गोल हान्न सकेनन् ।

May be an image of 4 people, people playing football, people playing soccer and text

दिउँसो शिक्षक महासंघ र चौतारा भेट्रानबीच भएको खेलमा निर्धारित समयमा दुबैपक्षले गोल हान्न नसकेपछि टाइब्रेकरमा महासंघले ५ गोल गेरेर विजयी भए भने कर्मचारीले ४ गोल मात्र गरे ।

May be an image of 9 people, people playing soccer, people playing football and text

चौतारा साँगाचोकगढी नगरपालिका कर्मचारी र बैंक तथा वित्तिय संस्थाका कर्मचारीबीच भएको प्रतियोगिता पनि टाइब्रेकरमा नै गएर टुँगिएको थियो । टाइब्रेकरमा नगरपालिका कर्मचारीले ७ र बैंक तथा वित्तिय कर्मचारीले ६ गोल गरे ।

May be an image of 7 people, people playing football, people playing soccer and text

भोलि शनिबार विहान ७.३० बजे चौतारा स्पोर्टिङ क्लब र लायन्स क्लब अफ काठमाण्डौ सिन्धु चौतारा सीटीबीच टक्कर हुनेछ भने विहना ८.३० बजे शिक्षक महासंघ र नगरपालिका कर्मचारीबीच खेल हुने प्रतियोगिता संयोजक राकेश रानाले जानकारी दिनुभयो ।

May be an image of 9 people, people playing football, people playing soccer and text

प्रतियोगिताको फिनाले खेल भने दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्