२०८१ श्रावण १२
                           

मन्त्री दुलालको छडके अनुगमन

चौतारा ,२८ चैत -सम्झना कार्की – बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदको अनुगमन जारी छ । मंलबार मन्त्री दुलालले आफु मातहत रहेका भौतिक पूर्वाधार विकास कार्यालय भरतपुर चितवनको छडके अनुगमन गर्नु भएको छ। अनुगमनका क्रममा उहाँले कार्य प्रगतीका बारेमा चासो व्यक्त गदैँ कामलाइ तिब्र रुपमा अगाडि लैजान आवस्यक निर्देशन समेत दिनु भएको छ।

साथै पछिल्लो समय मन्त्री दुलालले बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने काम सुरु गर्नुभएको छ । दर्जनौं अधुरा योजनामा मन्त्रीको अनुगमन हुन थालेपछी ठेक्का रद्ध हुने डरले कामलाई  निरन्तर दिन थालेका छन् ।

निर्माण सुरु गरेर लामो समयदेखि अलपत्र भएका योजनाहरूको निरीक्षणपछि कारबाही र निर्देशनमात्र नभई कतिपय ठाउँमा ठेक्का तोड्ने चेतावनी समेत मन्त्री दुलालले दिने गर्नुभएको छ । तोकिएको समयसीमाभित्र काम गर्न बारम्बार अनुरोध गरीरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्